मनोरञ्जन

ऋतिक र टाइगर स्टारर “वार” को टिजर सार्वजनिक (टिजर)

ऋतिक रोशन र टाइगर श्रोफ स्टारर बलिउड फिल्म “वार” को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार ऋतिक रोशन र टाइगर विचको युद्ध देखाइएको छ भने वाणी कपूरलाई पनि एक दृश्यमा देखाइएको छ । फिल्मका निर्देशक सिद्धार्थ आनन्द हुन् ।

फिल्मको निर्माण आदित्य चोपडाले गरेका हुन् । फिल्म हिन्दीसँगै तमिल र तेलुगू भाषामा पनि रिलिज गरिनेछ । इन्टरनेशनल लेभलको एक्सन रहेको फिल्ममा ऋतिक रोशन , टाइगर श्रोफ र वाणी कपूर लगायतको अभिनय रहेको छ । फिल्म आगामीअक्टूबर २ बाट रिलिज हुँदै छ ।

Comment here