मनोरञ्जन

जनजाति फिल्म एवं सङ्गीत अवार्ड हुदैँ

हुकुम मल्टिमिडियाको आयोजनामा नेपालमा पहिलो पटक ‘जनजाति फिल्म एवं सङ्गीत अवार्ड’ हुने भएको छ । ‘ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड २०१९’ आगामी भदौ ७ गते थाइल्यान्डमा हुने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अवार्डबारे जानकारी दिइएको थियो । उक्त अवार्डमा ०७३ सालदेखि ०७५ सालसम्म निर्माण भएका फिल्म र म्युजिक भिडियोले प्रतिस्पर्धा गर्न पाउने छन् ।

अवार्डमा ०७३ सालदेखि ०७५ सालसम्म निर्माण भएका कूल ६३ फिल्मबाट उत्कृष्ट पाँच मनोनयन गरिने छ । अवार्डमा फिल्मतर्फ कूल १६ र सङ्गीततर्फ ११ विधा राखिएको छ । उक्त घोषणा समारोहमा चलचित्र प्राविधिक सङ्घले गर्न लागेको नेफ्टा अवार्डको पनि  घोषणा भएको छ । अध्यक्ष पुष्कर लामाले उक्त अवार्ड आगामी दसैँदेखि तिहारभित्र विदेशमै गर्ने तयारी भएको जानकारी दिए । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले घोषणा समारोहमा उक्त अवार्ड जनजाति फिल्मको अन्त राष्ट्रियकरण र बजार अभिवृद्धिका लागि कोशेढुंगा हुने बताए ।

Comment here