मनोरञ्जन

गायक उदित नारायण झाको  “होशमा बेहोशी”  बोलको गीत सार्बजनिक

लामो समयको अन्तरालपछि काल झैं स्वरका धनी गायक उदित नारायण झाको  “होशमा बेहोशी”  बोलको गीत सार्बजनिक भएको छ । गीतलाई आत्मरञ्जनको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । सत्याकृत ब्यण्ड को प्रस्तुतिमा रहेको उक्त गीतमा विजय गौतमको शब्द तथा संगीत रहेकोछ भने गोपाल रसाईलिको एरेंज रहेको छ । नेपाली दर्शकको मन मुटुमा बस्न सफल गायक उदित नारायण झाको उक्त गीतमा आफ्नो गाउँ ठाँउ भेटेको कुरा गरिएको छ भने गीत ‘श्री हजुर’ नामको महिमामा आधारीत छ ।

गीतको म्युजिक भिडियो, रेकर्डिङ ,मिक्सिङ, मास्टरीङ ,सम्पूर्ण कार्य मुम्बईमै गरिएको हो । गीतको भिडियो विजय गौतमले निर्देशन तथा सम्पादन गरेका हुन् । सत्याकृत ब्याण्डले निर्माण गरेको गीतको भिडियोमा उदित नारायण झाको साथै सत्याकृत ब्याण्डलाई फिर्चड गरिएको छ ।

Comment here