भिडियोमनोरञ्जन

इन्दिरा गैरे र सम्झना लामिछानेको  “सिरफुल”  बोलको तीज गीत सार्बजनिक

इन्दिरा गैरे र सम्झना लामिछानेको  “सिरफुल”  बोलको तीज गीत सार्बजनिक भएको छ । गीतलाई ताजा इन्टरटेन्मेन्टको यूटयूबबाट सार्वजनिक गरिएको छ । शरद पाण्डेको शब्द तथा संगीत रहेको उक्त गीतमा सुदिप सागरको एरेंज रहेको छ । नेपाली नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा आफ्नो मायालुको बयान गरिएको छ ।

अन्जली अधिकारी र सोम्या श्रेष्ठको अभिनय रहेको उक्त गीतको भिडियो सागर गौतमले छायाँकन गरेका हुन् । धेरै गीतका भिडियोहरुमा अभिनय गरिसकेकी अन्जली अधिकारीलाई उक्त गतिको भिडियोमा सोम्या श्रेष्ठसँग निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई दिपक बिष्टले संपादन गरेका हुन् ।

Comment here