मनोरञ्जन

गायक पुस्कल शर्मा , देवि घर्ति र शान्ती शाहीको “नक्कले ”

गायक पुस्कल शर्मा , गायिका देवि घर्ति र शान्ती शाहीको “नक्कले ” बोलको तीज गीत सार्बजनिक भएको छ । गीतलाई गायक पुस्कल शर्माको युटयुबबाट सार्वजनिक गरिएको छ । नेपाली नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक भएको उक्त गीतमा गायक पुस्कल शर्माको नै शब्द तथा संगीत रहेको छ । माया प्रेमको भाव समावेश गरिएको उक्त गीतमा आफ्नो मायालुको बयान गरिएको छ ।

पुस्कल शर्मा , सारिका केसी , सरापे र फुलन्देको आमाको अभिनय रहेको उक्त गीतको भिडियो अजय रेग्मीले छायांकन गरेका हुन् । पुस्कल शर्मा र सारिका केसीलाई एक माया गर्ने जोडीको रुपमा देखाइएको उक्त गीतको भिडियोमा उनीहरुलाई सरापे र फुलन्देको आमासँग निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् ।

 

Comment here