मनोरञ्जन

तिहारमा दर्शकलाई मखमली मखमली, १६ वर्ष कमकाले कसरी हेर्ने ?

काठमाडौँ । मखमली मखमली पुग्यो स्नेही काखमा, चलचचित्र हेरेर छक्क, सहयोग पाउँदा मक्ख काठमाडौं । चलचित्र मखमली मखमलीको विशेष प्रदर्शन गरिएको छ । उक्त चलचित्र निर्माण समूहले चलचित्रको विशेष प्रदर्शनी कार्यक्रमको आयोजना गरी कलाकारहरुलाई सम्मान गर्नुका साथै सडक तथा अनाथ बालबालिकाको उद्धार र उत्थानमा सक्रिय सामाजिक संस्था स्नेही काखलाई नगद सहयोग गरिएको छ ।

चलचिच मखमली मखमलीको विशेष प्रदर्शनी ग्वार्को स्थित गुण सिनेमा हलमा गरिएको हो । गीतकार तथा संगीतकार हुँदै निर्मात्री बनेकी साबित्रा चिलुवालको निर्माणमा बनेको यस चलचित्रमा जय किसन बस्नेतको दमदार कमेडीले दर्शकलाई सुरुदेखि अन्तिमसम्म हसाई रहन्छ भने मखमलीको कारुणिक भूमिकाले चलचित्र हेर्ने जोकोहीको आँखा रसाउँछ ।

सामाजिक घटनालाई यथार्थपरक तरिकाले बनाईएको यस चलचित्रको निर्देशन जुझारु निर्देशक राजु गिरीले गरेका हुन् भने चलचित्रमा शारदा गिरी (कालीबुढी)को साथमा सुदर्शन आचार्य लगायतको पनि दमदार अभिनय रहेको छ । केही दिन अगाडी मात्र सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको यो चलचित्र आउँदो कार्तिक महिनामा दर्शक माझ आउँने निश्चित भइसकेको छ ।

Comment here