भिडियोमनोरञ्जन

दसैं मनाउन” बोलको गीत बजारमा [हेर्नुहोस् भिडियो सहित]

काठमाडौँ / हिन्दु महिलाहरुको विशेष चाड हरितालिका तीज सकिएलगत्तै फेरी विजया दशमीको चहलपहल सुरु भएको छ । यसै संधर्वलाई समावेश गरी कलाकारहरुले दशैं गीत ल्याउने चहलपहल पनि बढिसकेका छन् ।यसै क्रममा लोकप्रिय कलाकार एवं गायक प्रसाद खप्तरी र गायिका जुना श्रीसको संयुक्त आवाजमा दसैं मनाउन नामक गीत सार्वजनिक भएको छ ।

 

शिव खाम्चाको शब्द तथा संगीत रहेको उक्त गीतमा विश्वास नेपालको संगीत संयोजन रहेको छ ।दुर्गा विरहीले उक्त भिडियोमा निर्देशन गरेका छन् भने प्रकाश खड्काको छायांकन तथा मनोज कार्कीको ले सम्पादन गरेका हुन् ।दिप्सन परियारको श्रृङ्गार रहेको गीतमा विकाश आले मगर, किरण थापा मगर,शिव खाम्चा मगर र सरिता खाम्चा मगरको दमदार अभिनय रहेको छ ।परदेशिएका नेपालीहरुको दुखका यथार्थ विषयवस्तुलाई गीतको शब्दमा समावेश गरेर आउँदै गरेको दशैंलाई लक्षित गरि बजारमा ल्याएको छ।आत्मा विश्वाश फिल्मस् प्रा.लीको उत्पादन तथा निर्माण रहेको भिडियोमा आर्यान मगरले कोरियोग्राफर गरेका छन् । हेर्नुहोस् गीतको भिडियो :

 

Comment here