भिडियोमनोरञ्जन

गाँजा – गाँजा बजारमा [भिडियो सहित]

काठमाडौ – युवाहरु कुलतमा लाग्ने गरेको र त्यसले पार्न सक्ने प्रभाव र नियन्त्रणमा आधारित नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार सुमन राईको स्वर,संगीत र एरेञ्जमा रहेको गाँजा – गाँजा बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । यो गीतको शब्द रचना भने चर्चित सिनेमाटोग्रफ़र तथा म्युजिक भिडियो निर्देशक जीबी लामाले तयार पारेका हुन् । मिक्सिङ्ग मास्टरिङ्ग भने गोबिन्द सोनीले गरेका छन् ।

सार्वजनिक म्युजिक भिडियोमा चर्चित मोडल तथा सितोरियो कराते खेलाडी शेशुका राई र केशव राईले अभिनय गरेका छन् भने शेशुका राई र केशवलाई आरपी पोख्रेल, पुसन राई. प्रमोद रावल, विकाश शर्मा, रुपेश झा, रोयल रायमाझी, निरुता राई, संजिता थापा, सनम राई, दिनेश थापा, धनकुमारी पुरी, अनिषा थापा मगरले साथ् दिएका छन् ।

ब्युटिसियन सोनी राईले शृंगार गरेको म्युजिक भिडियोमा सुमन मगरले ड्रोन उडाएका हुन् भने, चर्चित तथा अत्यान्तै ब्यस्त भिडियो सम्पादक अनिल कुमार महर्जनले म्युजिक भिडियो सम्पादन गरेका हुन् । जीबी लामाकै छायांकन तथा निर्देशन रहेको म्युजिक भिडियोमा जीबी लामालाई सुवाश कुथुमिले निर्देशनमा सघाएका छन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Comment here