flash newsमनोरञ्जन

राजेश हमाल भैलो खेल्न उर्लाबारी मोरङ दुर्गापुरी जादै

मोरङको उर्लाबारी राजघाट दुर्गापुरी स्थित सबै मानिसहरु बराबर हुन भन्ने मुल नाराका लिएर त्रिकाल परिवार फाउण्डेशन उर्लाबारीले महानायक राजेश हमाल ल्यई बृहत कार्यक्रमको आयोजना गर्ने भएको छ ।
स्थानिय अरनिको उच्च माविको प्राङगणमा उस्थित कलाकार तथा गायक, गायीकाहरु संग देउसी भैलो कार्यक्रम गर्ने भएको हो । यस कार्यक्रममा राष्ट्रिय स्तरका गायकगायीका र कलाकार कालीप्रसाद बास्कोटा, कबिता आले, तारा लिम्बु थेबे, भरत गुरुङ, योजना पुरी, मनु लिम्बु आदी रहेको आयोजकले जानकारी दिए ।
शुभदिपावलि तथा छठ पर्वको उपलक्ष्य पारेर त्रिकाल परिवारले
राष्ट्रिय कलाकारहरु सहित विभिन्न नृत्य साथै, च्यारिटि देउसी भईलो कार्यक्रय आयोजना गर्ने भएको परिवारका अध्यक्ष नारायण बस्नेतले जानकारी दिए । सामाजिक सेवा कार्यक्रम सहयोगार्थ कार्तिक १० गते देउसी भैलो कार्यक्रम गर्ने भएको परिवारका प्रतिनिधि इन्द्र लामाले जानकारी दिए । आहिले सम्म हामी मानवले दिन जानेको रहेनछौ मात्र लिन जानेको रहेछौ स्लोगन अनुरुप निःशुल्क च्यारीटी सो गर्न लागेको परिवारले जानकारी गराए ।
स्थान ः श्री अरनिको उच्च मा विको प्राङगण ,दुर्गापुरि, उर्लाबारि-८
मिति ः २०७६ कात्तिक १० गते आईतबार
समय ः दिनको ठिक १ः०० बजे

Comment here