भिडियोमनोरञ्जन

राजाराम शाह, महेश सेन्चुरी र खुस्वु तिवारीको जिवन्त अभिनय”छोईडका गेलउ किया”भिडियो सहित

काठमाडौं । तराईलाई त्यतिकै सुन फल्ने खानी भनिएको होइन । तराईको उर्वर माटोमा अन्न मात्र होईन देशको सान राख्ने कलाकारहरु पनि धेरै मात्रामा जन्मिएका छन् र देशको नाम समेत राखेका छन् । उदित नारायण झा, मुरलीधर, गुरुदेब कामत, शिब परियार, निखिल उप्रेती, बिराज भट्ट, रामा मण्डल, भिटेन, गिरिश खतिवडा जस्ता चर्चित कलाकारहरु देशले तराईबाट पाएको हो भने पछिललो समय चर्चामा रहेका सन्नु कुमार पनि तराईबाट नै थपिएका कलाकार हुन् ।

सप्तरी जिल्ला स्थित राजविराजको सकरपुरा भन्ने गाउँको सितलाल खंग र बच्चा देवीबाट जनम लिएका सन्नु कुमार पनि यो देशको नाम चिनाउन अघि बढि रहेका छन् । पहिला पहिला तराईमा हाम्रो मित्र रास्ट्र भारतमा बनेको मिठा साथै अस्लिल गीत हरुले जरा गाडिसकेको थियो । त्यस्ता गीतलाई रोक्न सन्नु कुमार अघि बढे । चर्चित गीतहरुको कभर नै भएपनि मैथिली भाषामा गीतहरु बनाएर गाए र मैथिली भाषालाई मित्र रास्ट्र भारत साथै नेपालको कुना कुनाका श्रोता दर्शकको मानस पटलमा बसाउँन सफल भए । कभर मात्र नभई आफ्ना मौलिक श्रृजनाहरु समेत पाँचसय भन्दा बढीको संख्यामा साँगीतिक कोसेली दिई सकेका सन्नु कुमारका गीतहरु हाल भारतमा पनि चर्चित छन् भने नेपालको पहाडी भूभागमा पनि उनका गीतहरु गुञ्जिने गर्छन् ।

गीतबाटै चर्चा कमाउँदै गर्दा उनी हाल स्वदेशी मात्र नभई भारतमा निर्माण हुने भोजपुरी, मैथिली र हिन्दी चलचित्रका गीतहरुमा पनि व्यस्त छन् । उनै सन्नु कुमारले पछिललो समय गाएको मैथिली गीत छोईडका गेलउ किया को भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा कुसुम करणको शब्द रहेको छ भने राजिव शाहले संगीत गरेका छन् । राजाराम शाह, महेश सेन्चुरी र खुस्वु तिवारीले भुमिका निर्वाह गरेको भिडियोमा यग्य पराजुलीको छायाँकन, श्याम सिंहको कोरियोग्राफी र राजिव शाहकै निर्देशन र सम्पादन रहेको छ । हरिदेव महतोको पोष्ट प्रोडक्सनमा बनेको भिडियोको निर्माण प्रतिभा श्रेष्ठ शाह र रागिनी शाहले गरेका हुन् ।

बाँकी यो भिडियो लिंकमा हेर्नुहोस् :

 

Comment here