भिडियोमनोरञ्जन

ब्यस्त सङ्गीतकार देव पुनको नयाँ गीत “कहाँ होलि कस्ती होलि” सार्वजनिक

काठमाडौँ/चर्चित संगीतकार देव पुन’को संगीत’मा गायक ह्यारी राना’को “कहाँ होली कस्ती होली”गीतको भिडियोले प्रशम्शा बटुल्दै ।

संगीतकार, गीतकार, देव पुनले आफ्नै शब्द/संगीत / निर्देशन र छायांकनमाकहाँ होली कस्ती होली” गीतको भिडियो बजारमा ल्याएका छन् । धेरै गीतहरुमा संगीत गरेर चर्चित राष्ट्रिय गायक गायिका देखि नव गायक गायिकालाई गीत गवाई सकेका संगीतकार देव पुनले नव प्रतिभाशाली गायक ह्यारी राना मगरकाे स्वरमा याे गीत बजारमा ल्याएका हुन् ।

सबै प्रकारका गीतहरुमा संगीत भर्न क्षमता राख्ने संगीतकार देव पुन अहिलेका चल्तीका संगीतकार मध्ये पर्दछन् उनले संगीत गरेका चर्चित गीतहरु यूट्युबमा हेर्न सकिन्छ। थुप्रै गीत रचना र लगभग सय जति गीतमा संगीत भरिसकेका संगीतकार देव पुन पछिल्लो समयमा म्युजिक भिडियो निर्देशन र छायांकनमा पनि निक्कै ब्यस्त छन् ।

सम्पूर्ण पक्ष बाट राम्रो बनेकाे याे राेमान्टिक गीतकाे सर्वत्र चर्चा भएकाेमा गायक ह्यारी राना दङ्ग छन् । यस गीतमा संगीत संयोजन रमेश सिन्चुरीकाे र भिडियो सम्पादन पबित्रा जी:सी को रहेको छ भने अभिनयमा दिपेश राई र ईच्छा अधिकारीको दमदार अभिनय देख्न पाईञ्छ । गीतको भिडियोलाई कर्बकेली फिल्मस् ,ले प्रोडक्सन गरेको छ।यस भिडियोलाई कर्बकेली फिल्मस् को यूट्युब च्यानलमा हेर्न सकिन्छ । हेर्नुहोस् भिडियो ::

Comment here