भिडियोमनोरञ्जन

ओम सुनार र मेलिना राइको “तिमीलाई माया गरौँ भन्छ यो मन”

काठमाडौँ – गायक ओम सुनार र गायिका मेलिना राईको आवाजमा “तिमीलाई माया गरौँ भन्छ यो मन” बोलको गीत सार्वजनिक भएको छ । ओम सुनारकै शब्द संगीत रहेको यस गीतमा महेश खड्का, सारदा आर एल शाह, अमृत शाहि ठकुरी र पुष्पा चन्दको अभिनय रहेको छ ।
सारदा आर एल शाहको निर्देशन रहेको उक्त गीतलाई पबन गौतमले छायांकन गरेका हुन् भने सुबास देवकोटाले सम्पादन गरेका हुन् । गीत एकदमै राम्रो र उत्कृष्ठ बनेको छ । हरेक माया गर्ने जोडिहरुलाई सुहाउने खालको शब्द यस गीतमा रहेका छन् । आफ्नो मायालुसँग जिउँने म*र्ने कुरा समिटिएको छ ।

Comment here