खेलकुद

स्टारलाई पछि पार्दै नव बिहानी,पुम्से तेक्वान्दो च्याम्पियनशिप २०७६ मा

ललितपुर । महालक्ष्मी,ईमाडोल,ललितपुर नव बिहानी तेक्वान्दो डोजाङ्ग र स्टार तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा पुम्से तेक्वान्दो च्याम्पियनशिप २०७६ सम्पन्न भएको छ | खेलाडीहरुको मनोबल र हौसला प्रदान गर्ने उद्देस्यले हरेक वर्ष आयोजना गर्दै आईरहेको कुरा नव बिहानी तेक्वान्दो डोजाङ्ग प्रमुख तथा मास्टर बिमल कुमार अछामीले बताए ।

उक्त पुम्से तेक्वान्दो प्रतियोगितामा विभिन्न प्रस्तुतिहरु,तेक्वान्दो डेमोस्ट्रेशन, जादुगर तथा कलाकार राजेन्द्र गिरिको जादुमय प्रस्तुति,ईतिहास राख्न सफल खेल नेपाल पार्कर एन्ड फ्री रनिङ्ग स्पोर्ट्सको दमदार प्रस्तुति साथै विभिन्न सामाजिक संघ सस्थामा आबद्ध ब्यक्तित्वहरु उमङ्ग केसी,सागर अमात्य,बिकास लामा,आईते तामाङ्ग लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगितामा डेड सय तेक्वान्दो खेलाडीहरुको सहभागिता रहेको थियो । नव बिहानी तेक्वान्दो डोजाङ्गले १३ स्वर्ण,१३ रजत र २६ कास्य पदक सहित टिम सहित पहिलो भएको छ भने स्टार तेक्वान्दो डोजाङ्गले ११ स्वर्ण,११ रजत,२२ कास्य सहित टिम दोश्रो भयो । पहिलो,दोश्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरुलाई प्रमुख अथितीद्वारा मेडल तथा प्रमाणपत्र बितरण प्रदान गरेको थियो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको दक्ष तेक्वान्दो खेलाडी उत्पादन र ऐतिहासिक कार्य गरिसकेका तथा सामाजिक कार्य पनि गर्दै आईरहेको आयोजक नव बिहानी तेक्वान्दो डोजाङ्गले आगामी दिनहरुमा खेलाडी हरुको हितको लागी कार्य गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने जस्ता योजना संचालक तथा मास्टर बिमल कुमार अछामीले जानकारी गराए । पुम्से तेक्वान्दो प्रतियोगिता २०७६ को साथै बनभोज कार्यक्रम पनि गरिएको थियो ।

Comment here