मनोरञ्जन

चर्चित नायिका अमिषा पटेललाई अहिले सम्मकैै गम्भीर आरोप, प्रमाणित भए जेल जानुपर्ने

एजेन्सी। बलिउडकि चर्चित हट अभिनेत्री अमिषा पटेलमाथि निकै ठुलो गम्भीर आरोप लागेको छ । यदि यो गम्भीर आरोप साचिकै प्रमाणित भएमा उनी जेल जानुपर्ने हुन सक्छ । समाचार अनुसार अमिषाविरुद्ध राँचीको तल्लो अदालतमा साढे २ करोड ठगीको मुद्दा परेको छ ।

निर्माता अजय कुमार सिंहले अमिषालाई अदालतमा तानेका हुन् । त्यसैले अमिषामाथि अढाइ करोड नतिरेको आरोप पछाडि उनलाई अदालतमा मुद्दा परेको हो । भारतिय मिडियाका अनुसार अमिषाले निर्माता अजयसँग गतवर्ष पैसा लिएकी थिइन् । तर उनले ल्याएको पैसा फिल्म बनेपछि फिर्ता दिने शर्त गरेकि थिइन ।

सेप्टेम्बरमा अमिषाले अजयलाई ३ करोडको चेक पनि हातमा दिएकी थिइन् तर त्यो चेक बाउन्स भएलगतै अमिषाले अजयलाई अनेक विभिन्न किसिमका बहाना बनाएर टार्न थालिन् । अब भने अमिषाविरुद्ध गैर जमानती वारन्ट जारी हुन सक्ने बताइएको छ ।

Comment here