कला साहित्य

हट गायिका स्मृति र कुमुद पन्त फिचर्ड ‘तिम्रो चन्चले चुलबुले’ रिलिज [भिडियो ]

पपगायक सुजन ढकाल र गायिका स्मृति पोखरेलको स्वरमा रहेको गीत ‘तिम्रो चन्चले चुलबुले’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुजनकै शब्द र संगीत रहेको गीतमा सन्दिप कार्कीको सगीत संयोजन रहेको छ । लन्डनको रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा हट मोडेल नायिका एबम गायिका स्मृति पोखरेल र कुमुद पन्त फिचर्ड छन। गुणदेव घिमिरेको क्यामेरा र माधव बेलबासेको सम्पादन रहेको भिडियोमा स्मृति र कुमुदको निर्देशन रहेको छ ।गायिका स्मृतीको यसअघि धेरै गीतहरुको बिदेशका धेरै ठाउहरुमा शुट गरिएको म्युजिक भिडियोहरु आइसकेका छन भने पप गायक सुजन ढकालको डेप्थ एल्बमको साथै धेरै गीतहरु बजारमा आइसकेका छन ।’तिम्रो चन्चले चुलबुले’भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युब मार्फत रिलिज गरिएको हो ।

Comment here