मनोरञ्जनसमाचार

गीतकार प्रतिमा गुरुङको नयाँ गीत ‘बिस्तारै बिस्तारै’ छायांकनको तयारीमा

काठमाडौँ | आमा ओ मेरी आमा’ गीतबाट चर्चामा आउनुभएकी गीतकार समाजसेवी प्रतिमा गुरुङको शब्दमा ‘बिस्तारै बिस्तारै’ नयाँ गीत सार्वजनिक हुने भएको छ ।

गीतलाई गायक संगीतकार चिरन्जीवीको संगीतमा चर्चित गायिका मेलिना राइले आवाज दिएकी छन् । गीतकार प्रतिमा गुरुङ परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई अत्यधिक माया गर्ने गीतकार तथा समाजसेवी हुन् ।

पछिल्लो समय उनले रचना गरेको गायक संगीतकार जितेन बान्तवा राईले गाउनुभएको ‘आमा ओ मेरी आमा’ बोलको गीत अत्यधिक चर्चामा रही गीतकार प्रतिमा गुरुङ सगरमाथा म्युजिक अवार्डमा पोपुलर अवार्ड जित्न सफल हुनुभएको थियो ।

त्यस्तै सोहि गीत बिन्ध्यबासीनी म्युजिक अवार्डमा गीतकार तर्फ सर्बोत्कृष्ट टप ५ मा परेको थियो । गीतकार प्रतिमा गुरुङ भन्नुहुन्छ मैले केहि समय पहिला संसारका प्रत्येक आमालाई समर्पण गर्दै ‘आमा ओ मेरी आमा’ बोलको गीतको भिडियो बजारमा ल्याएँ भने, अब हरेक सच्चा प्रेमी र प्रेमिका हरुलाई डेडीकेट गर्दै यो प्रेम गीत ‘बिस्तारै बिस्तारै’ सांगीतिक बजारमा ल्याउन लागेकी हुँ ।

उक्त गीतलाई युवा गायक संगीतकार चिरन्जिबी भण्डारी’ले संगीत गर्नु भएको छ भने, चर्चित गायिका मेलिना राईले गाउनुभएको छ र चिरन्जीवीले पनि गाउनु भएको छ ।यो गीतको भिडियो पनि छिट्टैनै बजारमा आउने तयारीमा छ । प्रतिमा गुरुङको गजल, लोक, आधुनिक गीतहरु पनि क्रमश बजारमा आउने क्रममा छ ।

Comment here