अर्थ/बजारसामाज

वाणिज्य बैंकद्वारा दरबार हाइस्कुललाइ प्रोजेक्टर वितरण

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकको पुतलीसडक शाखाले सस्कृत मा बि (दरबार हाइस्कुल)लाइ प्रोजेक्टर बितरण गरेको छ । प्रोजेक्टरको माध्यमबाट विद्यार्थीलाई पठनपाठनमा सरल बनाउनको निमित्त तथा विद्यार्थीको चौतर्फी विकासका लागि बैंकले उक्त प्रोजेक्टर वितरण गरेको हो । गत शुक्रबार बिहान 8 बजे भृकुटीमण्डपस्थित विद्यालयमै एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरिएको हो । कार्यक्रममा बैंकका विभिन्न पदाधिकारी तथा विद्यालयका प्रधानाध्यापक,शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव प्रसाद अधिकारीले विद्यार्थीको निमित्त तथा विद्यालयको कार्यक्रम समारोह आदिका लागि दिइएको प्रोजेक्टरलाइ अत्यन्तै सम्वेदनशिल भएर प्रयोग गरिने र विद्यार्थीलाई पनि यसको माध्यमबाट पठनपाठन तथा अतिरिक्त क्रियाकलापमा सम्लग्न गराउने कुरा बताउनुभयो । साथै प्रधानाध्यापक अधिकारीले प्रोजेक्टरको माध्यमबाट विद्यार्थीको चौतर्फि विकास हुने कुरामा विस्वस्त रहेको कुरा पनि बताउनुभयो ।
र त्यसैगरी कार्यक्रमममा बैंकका पदाधिकारी,विद्यालयका शिक्षकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
संस्कृत मा वि मा अहिले कक्षा १ देखि कक्षा १२ सम्म पठनपाठन हुने गर्छ भने वेद,कर्मकाण्ड,संस्कृत व्याकरण जस्ता विषयहरुको पढाइ हुने गर्दछ ।

 

 

Comment here