कला साहित्यमनोरञ्जन

प्रतिमाको ‘म त फूल बन्न नसके नि…’ सृष्टि र सुवास [भिडियो ]

प्रतिमा प्याकुरेलको रचना र स्वरमा ‘म त फूल बन्न नसके नि…’ बोलको गीत सार्वजनिक भएको छ । जोडिन नसकेका प्रेमीप्रति सहानुभूति दर्शाइएको गीतमा प्याकुरेलले शब्दजस्तै गीतमाथि पनि उनले न्याय गरेकी छन।संगीतकार राजकुमार बगरले नवप्रवेशीको गीतमा मधुर संगीत भरेर जाेडदार स्वागत गरेका छन ।गीतको म्युजिक भिडियो पनि दमदार छ । जसमा सृष्टि खड्का, सुवास अधिकारी र सोफिया रिमाल लगायतकाे अभिनय छ । भिडियोलाइ एभरेस्ट ग्यालरीले सार्वजनिक गरेको हो । मुकेश हुमागाईको क्यामेरा, टेकेन्द्र शाहको सम्पादन र अन्जन शर्माको निर्देशन रहेको छ ।

Comment here