फिचरराजनीतिसमाचार

नेपालमा परिवर्तन निश्चित छ : रोयल राजा

जब रास्ट्र दोहन गर्नेहरु एकाएक उदाङ्गिन थाल्छन तब मुलुकमा एउटा परिवर्तन निस्चित छ।आजको नेपालको परिवेश भनेको त्यही हो।दलहरुले जति फाइदा उठाउनु थियो त्यो उठाइसके।उनिहरुको जनमत अब ढलिसक्यो।उनिहरुले आफुलाइ कमजोर छौ त किन भन्थे?तर अब हामी सग त्यो जनमत छैन भन्ने कुरा पनि बुझिसकेका छन।र जनताले पनि यो कुरा अब बुझिसके।हामीले तिन महत्त्वपूर्ण परिवर्तनको लडाइ देखिसकेका छौ।एउटा पुस्ताले ००७ सालमा प्रजातन्त्रको लडाइ लड्यो जाहानिय राणा शासनको अन्त गर्दै मुलुकमा प्रजातन्त्रको स्थापना भयो।अर्को पुस्ताले ०४६ सालमा बहुदलीय ब्यबस्थाको माग गर्दै परिवर्तनको लडाइ लड्यो त्यसैगरी अर्को पुस्ताले ६२/६३ सालको परिवर्तनको लडाइ लड्यो।यस बिचमा पनि विभिन्न बिध्यार्थी आन्दोलनहरु भइनैरह्यो।दलहरुले राजा तिमी नागरिक भएर बस”हामी राजाको स्थानमा रास्ट्रपति लाई राख्छौ भने राजाले पनि सहज रुपमा त्यो २४० बर्षको बिरासतलाई परित्याग गरिदिए।आज हामिले गणतन्त्रको अभ्यास गर्न थालेको १३ बर्ष भयो।अब प्रश्न यहीँबाट सुरु हुन्छ देशबाट राजसस्था हटाउनुको मुख्य कारण के रहेछ?गणतन्त्रले देशलाइ के दियो?देशले के पायो?नागरिकले के पाए?नागरिकको जनजिबिकाको सवालमा के कति परिवर्तनहरु भए?परिवर्तनका खातिर ज्यानको आहुती दिने शहिदहरुले के पाए?हामी प्रश्न गर्न चुकिरहेका त छैनौ?जबसम्म हामी प्रश्न गर्ने बानी बसाउदैनौ तबसम्म जवाफ पनि पाउन सक्दैनौ।
बुद्धिमानले प्रश्न गर्छ अनि जवाफ पनि आफैबाट प्राप्त गर्छ।हामी कसैका दासी होइनौ अनि भरिया र गोटि पनि होइनौ।यदि हामी साच्चिकै त्यो भरिया र झोले होइनौ भने अब पार्टीको झण्डा त्यागेर राष्ट्रिय झण्डा मुनि गोलबद्ध हुन जरुरी छ।हामीले यो ब्यबस्था बाट जे अपेक्षा गरिरहेका छौ त्यो कदापी प्राप्त गर्न सक्ने छैनौ किनभने ६२/६३ सालले तयार पारेको जुन राजनैतिक कोर्स छ।त्यो कोर्स नै नेपालमा स्थिरता हुन नदिन र नेपाललाइ जातिय र धार्मिक द्वन्दमा फसाएर यहा कहिल्यै प्रगती हुन नदिन गरिएको कोर्स हो।पहिलो कुरा त यहिनेर स्पष्ट हुन जरुरी छ।अब यहानेर प्रश्न जन्मिन सक्छ यदि त्यसो हो भने त्यो जनताको सहभागिता त्यो आन्दोलन पनि झुटो हो?हो त्यो सत्य हो त्यो जनसहभागिता अनि आन्दोलन एकदम सत्य हो तर त्यो नै अन्तिम सत्य होइन जुन आजका अवस्थाहरु,भ्रस्टाचार,बेतिथी, अत्याचार,लुटतन्त्र,बाह्य हस्तक्षेप इनै तमाम दृश्यहरु बाट नै अन्तिम सत्यको वकालत र दाबी गर्न सकिन्छ।तथ्यहरु बोल्छन माओवादी जनयुद्धको भावना र मर्म के हो?एकाएक दरबार विरुद्ध माओवादी किन संगठित बन्यो?युद्ध त नेपालमा भयो तर जनसेना लाई प्रशिक्षण देखि प्रचण्ड लगायतका नेतालाइ भारतले किन संरक्षण दियो?माओवादीलाई त्यतिका आधुनिक हतियार कसले दियो?यदि दिएको होइन भने मकैको बोटमा त पक्कै फलेन होला?अब अझै गहिरो तवरले बुझ्नुपर्ने कुरा त के हो भने दरबारको अन्त्य नगरी भारत खुलेआम नेपालमा प्रवेश गर्न नसक्ने भारतिय बुझाइ र राजसस्था रहुन्जेल आफ्नु स्वार्थपूर्ति पूरा हुन नसक्ने दलहरुको बुझाइको आधारमा बार्हबुदेमा हस्ताक्षर गर्नेहरु बाट छलकपट तरिकाले जालझेल र षड्यन्त्रको तानाबाना बुन्दै विभिन्न आरोप प्रत्यारोप लगाएर राजालाइ जनता बाट अलग्याउने र आफ्नु स्वार्थपूर्तिको राजनीति गर्ने किर्ते दिमागको उपज हो गणतन्त्र।एकपटक सबैले गम्भीर भएर सोचौ त।
हिजो गणतन्त्र आउने र राजसस्था जाने सामान्य स्थिती पनि थिएन।तर यहाका बिकाउ तत्कालीन सात दलको स्वार्थले काम गरेपछी अपर्झट निर्णय भयो।मुलुकमा गणतन्त्र त आयो तर सत्ता प्राप्तिको एजेन्डाका रुपमा अघि सारिएका बिसयहरु जस्तै संघीयता,धर्मनिरपेक्षता र विभिन्न बर्ग सम्प्रदायलाई खडा गरेर जो जनताको अभिमत बिना नै लाद्ने काम भयो यसैको प्रतिफलका रुपमा आजका यी परिस्थितिहरु निर्माण भएका हुन।रास्ट्र र राष्ट्रियता प्रती अलिकती पनि मर्यादा नराखी यहाको राजसस्थालाइ पाखा लगाउने काम गरियो जसका कारण आज जनताहरु माझ राजसस्थाको मुद्धा बलियो बन्दै गएको हो।जनताहरु आज बिभाजित बन्न पुगेका छन।गणतन्त्रका नाममा निम्त्याइएका अहिलेका बिबादित बिसयहरु टुङ्गोमा नपुगुन्जेल सम्म मुलुकले शान्ती र स्थिरता प्राप्त गर्न सक्दैन।यस्तो अवस्थाका निर्माताहरु अरु कोहि नभएर स्वयं दलहरु नै हुन।दलहरुले नै यस बिसयमा पुनर्बिचार गर्नुपर्ने हुन्छ।बिगतमा भएका भुल र कमजोरी हरु बाट पाठ सिक्नुपर्ने हुन्छ।नभए यो मुलुकको अस्तित्व संकटमा पर्ने लगभग निस्चित छ।आजको बिकल्प भनेको संबैधानिक राजसस्था नै हो।किनभने जालझेल र षड्यन्त्र बाट जसरी हिजो राजसस्था हटाउने काम भयो यहाँ बाट नै के पुस्ठी हुन्छ भने राजसस्था हटाएर गणतन्त्र ल्याउनुपर्ने कुनै आवश्यकता नै थिएन।यो लेख पुर्ण:त देशको निम्ती लेखिएको हो।न त कसैको बिरोधमा लेखिएको हो न त कसैको पक्षमा नै लेखिएको हो।यो त नितान्त रास्ट्रको निम्ति लेखिएको हो।कुनै दल या नेताको बिरोधको लागि होइन उनिहरुको प्रवृत्ति नसुध्रीने निस्चित भएपछी देशको निकासको लागि कोरिएको बिसय हो।सबैले छातिमा हात राखेर सोच्न सके पक्कै यो देशले न्याय पाउने थियो भन्ने आधारमा लेखिएको हो।जय देश!!

Comment here