राजनीतिसमाचारस्वास्थ्य

लकडाउनको पालना गर्न सम्पूर्ण महानुभावमा नेविसंघ महामन्त्री तिमल्सिनाको अनुरोध

विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन अहिले देशमा पुरै लकडाउन गरिएको छ चैत ११ गते देखि चैत १८ गते जारी गरिएको पहिलो चरणको लकडाउन केहि लम्बिने सरकारले पुर्व संकेत गरिसकेको छ यस्तो संबेदनशील समयमा काठमाण्डौं उपत्यकामा रहनुभएका बिद्यार्थीहरु कुनै समस्या भएमा नेविसंघले सहयोग गर्ने भएको छ। नेपाल विद्यार्थी संघले हिजो एउटा बिज्ञप्ती जारी गर्दै सम्पूर्ण बिधार्थीहरु केहि समस्या भए नेविसंघ पदाधिकारीहरुको नम्बर समेत दिएर सम्पर्क गर्न भनेको छ भने यस्तै नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले पनि सामाजिक संजालमा सूचना जारी गर्दै सर्वसाधारणलाइ नियमति स्वास्थ्य सम्बन्धी टिप्स दिदै , औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गर्नु भएको छ । यसअघि महामन्त्री तिमल्सिनाले सरकारसंग इन्टरनेट सेवा र टेलिफोन सेवा निःशुल्क वा न्यूनतमा शुल्कमा उपलब्ध गराउन माग गरिसक्नु भएको छ ।

Comment here