राजनीतिसमाचारस्वास्थ्य

नेविसंघले गर्यो एपी वानका संचारकर्मीलाइ मास्क, स्यानिटाइजर, पन्जा वितरण

दोश्रो विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको, पछिल्लो समय तिब्ररुपमा विश्वभरी महामारीका रुपमा फैलिँदै गएको काेभिड -१९ बिरुद्धको अभियान अन्तर्गत नेपाल बिद्यार्थी संघको बुधबार एपी वान टेलिभिजनमा कार्यरत संचारकर्मीहरुको उपयोगको निम्ति समाचार प्रमुख टिकाराम यात्री लाइ मास्क, स्यानिटाइजर, पन्जा लगायतका अत्यावश्यकीय सामग्रीहरु संघका महामन्त्री बलदेव तिमल्सिनाले हस्तान्तरण गरेका छन् ।
ए पी वान टेलिभिजनको कार्यालय बुद्धनगरमा आयोजीत सामग्री हस्तान्तरणको क्रममा नेबिसंघका महामन्त्री युवराज पाण्डे, नेपाली काँग्रेसका नेताहरु श्याम डोटेल, राम प्रसाद लुइँटेल, श्याम तिम्सिना,नेबिसंघका नेताहरु दीपक ओझा, सोमराज मल्ल, रुपेश शाह लगाएतको उपस्थिति रहेको थियो ।
हामी त घरमा छौ, सुरक्षित छौ तर स्वास्थ्य,सुरक्षा,सुचना र संचार को क्षेत्रमा अहोरात्र काम गर्ने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, मीडियाकर्मी तथा उनीहरुको परिवारको मनोबैज्ञानिक तनावलाई आकंलन गरौं भन्दै नेबिसंघले सबैलाइ सुरक्षित राख्न अभियान थालेको नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाले बताए ।
सदैव अरुको सुचना र जानकारीका निम्ति तल्लीन रहनेहरु नै कोरोनाबाट असुरक्षित रहेको महसुस गरी संघले यो अभियान जारी राख्ने महामन्त्री युवराज पाण्डे ले बताए ।


बितरित सामग्री संकलन तथा संयाेजन ने.वि.संघ शंकरदेव क्याम्पसका नेता दिपक ओझा को नेतृत्वमा सम्पन्न भएको हो । नेबिसंघको यो अभियानमा संकटको समय भएपनि सबैको उत्साहपूर्ण र उल्लेख्य सहयोगबाट समाजमा असल कार्यका निम्ति थप हौसला मिलेको नेता दिपक ओझाले बताए ।
बुधबारनै संघले काठमाण्डौको कपन प्रहरीचौकीमा कार्यरत सुरक्षाकर्मी हरुको निम्ति स्वास्थ्य सचेतना सम्बन्धी सामग्री हस्तान्तरण गरेको थियो भने यसअघि नै महानगरी प्रहरी बृत्त सिंहदरबार अनामनगर तथा कमलपोखरी बृत्त लाइ हस्तान्तरण गरीसकेको छ ।

 

Comment here