समाचारसामाज

झापा मेचीनगरका विपन्नलाई मेघा सिमेन्टद्वारा राहत वितरण

विश्वभर तिब्ररुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट नेपाल लाइ जोगाउन भन्दै सरकारले गरेको देश ब्यापी लकडाउन तेस्रो हप्तामा चलिरहेको छ यस्तो अबस्थामा रहेका असहाय तथा विपन्न परिवारलाई विभिन्न कम्पनीहरु , समाजसेवी र स्थानीय तहका जनप्रतिनिधहरुले राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरिरहेका छन ।
वडा कार्यालयबाट पठाएको असहाय तथा विपन्नको नामावली अनुसार पालिकाहरूले राहत उपलब्ध गराउन नसक्दा वडा कार्यालयहरूले अन्यत्रबाट सहयोग जुटाउने कसरतमा लागि परेका छन् । यस्तै सहयोगको अपेक्षामा रहेका झापाको मेचीनगर नगरपालिका १५ नम्बर वडा कार्यालयलाई मेघा सिमेन्ट इण्डष्ट्रिज प्रालि ज्यामिरगढीले ४० प्याकेट राहत उपलब्ध गराएको छ ।
नगरपालिकाले तोकेको मापदण्ड अनुसार नै मेघा सिमेन्टले वडा कार्यालयलाई राहत उपलब्ध गराएको हो । मेघा सिमेन्टका प्रबन्ध निर्देशक रजत साहेवालाले सोमबार वडा कार्यालयमै पुगेर वडा अध्यक्ष गुणराज भट्टराईलाई सो राहत हस्तान्तरण गरेका थिए ।
यस्तो सङ्कटको बेलामा कोही कतै भोकै नबसौँ भन्ने उद्देश्यले लिएर असहाय तथा विपन्नलाई वडा कार्यालयमार्फत राहत उपलब्ध गराएको प्रबन्ध निर्देशक साहेवालाले बताए ।
साबिक ज्यामिगरढी गाविस हाल मेचीनगर १५ मा ६ सय बढी विपन्न परिवारलाई राहत उपलब्ध गराउनु पर्नेमा नगरपालिकाबाट २ सय परिवारका लागि मात्र राहत पाएको वडा अध्यक्ष भट्टराईले जानकारी दिए । बाँकी चार सय परिवारलाई यस्तै दाताबाट सहयोगको अपेक्षा गरिरहेको र सहयोग आउने क्रम जारी रहेको उनले बताए ।

 

Comment here