कला साहित्यमनोरञ्जन

राखीको रचना र शंकरको स्वर र संगीतमा ‘हे मन ‘ सार्वजनिक

विश्वभर तिब्ररुपमा फैलिँदै गएको कोरोना भाइरसको कारण विश्वभरीनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्र पनि प्रभावित भएको छ। कोरोनाको कारण सिनेमा हल, फिल्मको प्रदर्शन तथा सांगीतिक कार्यकमहरु स्थगित भएको छ भने केहि कलाकार तथा स्रस्टाहरुले सामाजिक सञ्जाल मार्फत पाठक एब दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन। यस्तैमा लामो समयदेखि अमेेरिकाको क्यार्लिफोनिया बस्दै भएकी युवा कवि तथा गीतकार राखी गोैचनले शब्दमा रहेको गीत ‘हे मन ‘ सार्वजनिक गर्नु भएको छ । पछिल्लो समय निकै चर्चा बटुल्न सफल संगीतकार, गायक शंकर थापा ‘स्माइल’को स्वर र संगीत रहेको गीतको लामो लकडाउनको कारण म्युजिक भिडियो निर्माण गर्न न सकिएकाले लिरिकलको रुपमा मात्र डश म्युजिकको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
स्कुले जीवनदेखि नै नाच्न, गाउन, अभियन र कविता लेखनमा रुचि राख्ने गौचन आफ्ना सुन्दर कविता द्वारा धेरै भन्दा धेरै पाठकको मन मुटुमा बसिसक्नु भएको छ । गीत लेखनमा गम्भिरभएर लागेको केहि बर्षमै गौचनले रचना गरेका गीतहरू ले पनि नेपाली साङ्गीतिक बजारमा उत्तिकै चर्चा बटुल्ने गरेका छन ।

 

Comment here