कला साहित्यमनोरञ्जन

रमेशको शब्दमा पवनले गाए ‘मिल्टेरीको जुत्ता’ ( भिडियो सहित )

गीतकार रमेश दहालको रचना र अस्ट्रेलियामा बसेर लामो समयदेखि नेपाली संगीतमा योगदान पुर्याइरहेका टिका दहालद्वारा संगीतवद्द नयाँ गीत सार्वजनिक भएको छ ।
नेपाल आइडल सिजन २ फेम्ड गायक पवन गिरीको स्वर रहेको गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरिएको छ । कोरना कहर बीच संगीतप्रेमीहरुलाई मनोरन्जन प्रदान गर्न गायक गिरीले रमाइलो डान्सिङ बिटको गीत सार्वजनिक गरेका हुन।
नेपाल आइडलमा “चमत्कारी मान्छे” उपनाम पाएका गायक गिरीले यस गीत मार्फत आफुलाई भर्सटाइल गायकका रुपमा प्रमाणित गरेका छन्। लोक लयमा आधारित यस गीतमा स्वर पवन गिरीको रहेको छ । गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा चर्चित युगल जोडी सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन्। उनीहरुलाई अन्य डान्स क्रुले साथ दिएका छन्। गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोलाई अर्जुन तिवारी र टिमले छायांकन गरेका हुन्। जीवन थापाले भिडियोलाई सम्पादन गरेका हुन्। वाइड लेन्स प्रोडक्सनको च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई हास्य टेलिश्रृंखला ‘सक्किगोनि’मा काकु भनेर चिनिने कलाकार दिपक आचार्यले निर्देशन गरेका हुन्।
रक विधामा रुचि राख्ने गायक गिरीले यसअघि ‘मलाई एक छिन देउ’ र दोस्रो गीत ‘बधाई छ’ सार्वजनिक गरिसकेका छन । वाइड लेन्स प्रोडक्सनका सीईओ प्रज्वल गजुरेल र विनोद भारतीको लगानीमा तयार भएको भिडियोमा रामजी बस्नेतलाई बिशेष धन्यवाद ज्ञापन गरिएको छ। यस गीतलाई माया गरिदिन टिम ‘मिल्टेरीको जुत्ता’ले सम्पुर्ण दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।

 

Comment here