कला साहित्यमनोरञ्जन

लोक तथा दोहोरी गायिका दिलसराको तीज गीत ‘नाचौ छम छम’ सार्वजनिक [भिडियो सहित ]

लोक तथा दोहोरी गायिका दिलसरा काउचा मगरको नयाँ तीज गीत ‘नाचौ छम छम’ बजारमा सार्वजनिक भएको छ । मार्मिक तीजगीत ‘नाचौ छम छम’ मा दिलसराको नै लय र करुणा थापा मगरको रचना रहेको भने चुमान काउचा मगरको संगीत संयोजन रहेको गीतलाई
दिलसरा काउचा मगरको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

‘नाचौ छम छम’ गीतको भिडियोमा शिवानी थापा मगर,लिजा थापा मगर र जस्मिन खड्काको अभिनय गरेका छन्,। चुमान काउचा मगरले निर्देशन गरेको गीतको भिडियोमा उदीराम खड्काको कोरियोग्राफी छ । भिडियोमा बसन्त महर्जनको छायांकन र हुम गैरेले सम्पादन रहेको छ । सधै जसो मौलिक तीजको भाका लिएर आउने बाग्लुङ्गकी गायिका दिलसराको यसपालिको तीज गीतलाई पनि श्रोता एबम दर्शकले सार्वजनिक भए संगै राम्रो राम्रो प्रतिकृया दिएका छ ।

Comment here