कला साहित्यमनोरञ्जन

प्रतिभाशाली गायक सन्तोष खरेलको ‘लगन जुर्यो घरबार हुनलाई’ सार्वजनिक (भिडियोसहित)

नेपाली सांगीतिक छेत्रमा बहुमुखी प्रतिभा लिएर आएका
बहुमुखी प्रतिभाका धनी गायक सन्तोष खरेलको नयाँ गीत ‘लगन जुर्यो घरबार हुनलाई’ सार्वजनिक भएको छ । गायक स्वयम खरेलको शब्द र संगीत रहेको गीतमा उनलाई युगल स्वरमा गायिका मेलिना राइले साथ दिएकी छिन ।
गीतको म्युजिक भिडियोमा अनुप श्रेष्ठ ,अनिता गिरी,शिशिर तिमिल्सिना लगायतका कलाकारको अभिनय रहेको छ । मनोज विष्टको निर्देशनमा बनेको भिडियोमा राज महर्जनले कोरियो ग्राफी र रामकुमार के सीले छायांकन रहेको छ ।
भिडियोलाइ एमबी क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
लामो समयदेखि पुर्वको इटहरीमा बसेर नेपाली सांगीतिक आकाशमा निरन्तर चम्किरहेका बहुमुखी प्रतिभाका धनी सर्जक सन्तोष खरेलले यसअघि ५ वटा एल्बममा शब्द संगीत र आवाज दिइसकेका छन् भने त्यो बाहेक पनि धेरै चर्चित गायक ,गायिकाहरुले उनको संगीतमा स्वर दिसकेका छन् । उनका ५ वटा गीती एल्बमहरुमा ”अनन्त यात्रा”, ”एकन नजर” ,”तिम्रो साथ”,” प्रेमीपागलपन”, ‘यो मन” रहेका छन् ।

 

Comment here