कला साहित्यमनोरञ्जन

पबित्रा आचार्यको स्वर र तिलचन आचार्यको निर्माणमा ‘जुनसुकै धुर्व ‘ आउदै

भर्खरै मात्रै सकिएको चर्चित गायन रियालिटी सो नेपाल आइडल ३ को सेकेन्ड रनरअप बन्न सफल गायक किरण भुजेलको नयाँ गीत छिटै सार्वजनिक हुने भएको छ । किरण भुजेल र पबित्रा आचार्य को युगल स्वर रहेको गीत ‘जुनसुकै धुर्व ‘मा दुर्गा प्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको गीतलाइ तिलचन आचार्यको लगानीमा भिडियो निर्माण हुन लागेको हो । भिडियोका निर्माता तिलचन आचार्य लामो समय देखि अमेरिकाको पिट्सबर्ग, पेन्सीलभानिया रहेर समाज सेवामा सक्रिय हुनुहुन्छ उहा पिट्सबर्गमा रहेको अटोनोमी होमकेयरको एजेन्सी डिरेक्टर हुनुहुन्छ । एउटा कुशल ब्यबथापकको रुपमामा चिनिने आचार्य हाम्रो क्रियटिभ क्रियसन च्यानलको सन्चालक समेत हुनुहुन्छ ।

 

Comment here