कला साहित्यमनोरञ्जन

अमेरिकाबाट आउदै आचार्य दम्पतीको ‘पूर्णेको जून ‘

अमेरिकाको पिट्सबर्ग, पेन्सीलभानिया निवासी  सफल गीतकार तिलचन आचार्य र उहाको धर्मपत्नी पबित्रा आचार्यको युगल स्वरमा आउने नयाँ गीत ‘पूर्णेको जून ‘को रेकर्ड सकिएको छ । तिलचन आचार्यको शब्द , र रन खड्का (बिहानी किरण )को संगीत र फणिन्द्र राईकोको एरेन्जमेन्ट रहेको गीतलाई पेन्सीलभानियाको स्टुडियोमा नै रेकर्ड गरिएको हो । धेरै गीतहरु लेखिसक्नु भएको तिलचन आचार्यको गीतलाई स्रोता ,दर्शकले धेरै मन पराएका छन । ‘पूर्णेको जून ‘गीतको आचार्यको नै लगानीमा भिडियोको छिट्टै निर्माण गरिने समेत जानकारी दिनु भयो ।आचार्य त्यतिकै समाज सेवामा सक्रिय हुनुहुन्छ उहा पिट्सबर्गमा रहेको अटोनोमी होमकेयरको एजेन्सी डिरेक्टर हुनुहुन्छ । एउटा कुशल ब्यबथापकको रुपमामा चिनिने आचार्य हाम्रो क्रियटिभ क्रियसन च्यानलको सन्चालक समेत हुनुहुन्छ ।

Comment here