कला साहित्यमनोरञ्जन

कसरी जन्मियो ‘रुपौली परी’, सर्जक सहदेवको छोटो परिचय

लामो समयदेखि अमेरिकाको मेरिल्याण्डमा रहेर निरन्तर लेखनमा सक्रिय कवि एबम गीतकार सहदेव कोइरालाका दर्जनौ गीतहरु बजारमा सुपर हिट छन । कालजयी गीतका श्रष्टा कोइरालाका गीतहरुमा नेपालका चर्चित गायक गायिकाहरुले स्वर दिसक्नुभएको छ । सानै उमेरदेखि कविता र गीतलेखनमा रुचि भएका कोइरालाले रेडियो नेपाल द्वारा आयोजित बालगीत सम्मेलन २०४१ मा प्रथम स्थान हासिल गरेर औपचारिक रुपमा लेखनमा अघि बढ्नु भएको थियो । उहाको रेडियो नेपालमा १ दर्जन जति भजन बालगीत र आधुनिक गीत रेकर्ड र त्यतिकै संख्यामा आफ्नै लेखन ,निर्देशन र अभिनयमा नाटकहरु प्रसारण भैसकेका छन भने धेरै पत्रपत्रिकामा धेरै कवित, कथा र लेखरचनाहरु प्रकाशित भएका छन् ।
२०५० सालमा आफ्नै लेखन र सम्पादनमा ‘सामान्य ज्ञान संग्रह’ ,२०७६ मा ‘निम्तो ‘ कविता संग्रह र ‘गहिरो चोट दिएर गयौँ ’ गीति एल्बम सार्वजनिक भैसकेका सर्जक कोइराला नेपाल सरकारका पुर्व उपसचिव समेत हुन् । कोइराला गोरखा दक्षिण बाहु चौथो ,दैवी प्रकोप उद्दार पदक ,निजामती सेवा पदक ,लगायत धेरै मान पदवी द्वारा सम्मानित हुनु भएको छ ।
उदयपुरको चौदण्डीमा जन्मनुभएका सर्जक कोइरालाले त्रिभुवन विश्व बिद्धालयबाट एम पी ए ,एम ए र बि एल गर्नुको साथै अमेरिकामा हेल्थ केयर एडमिनिस्ट्रेसनमा मास्टर डिग्री गर्नु भएको छ। गीतकार कोइरालाका पछिल्लो गीत ‘रुपौली परी’ नेपाल आइडल र अहिले सामाजिक सन्जालमा समेत निकै लोकप्रिय रहेकी गायिका रचना रिमालको स्वरमा छिट्टै सार्वजनिक हुदै छ ।

Comment here