कला साहित्यमनोरञ्जन

रविन बिस्ट र एन्जिला बानिया फिचर्ड कमल श्रेष्ठको ‘माया गाँठो पर्ला ‘ रिलिज (भिडियो )

नेपाली सांगीतिक छेत्रमा धेरै पहिला देखि लागिरहनु भएको भए पनि बिभिन्न कारणले गर्दा गायक कमल श्रेष्ठको औपचारिक रुपमा भने पहिलो पटक गीत लिएर दर्शक माझ आउनु भएको छ।
बहुप्रतिभाशाली गायक कमल श्रेष्ठ र लोकप्रिय गायिका मेलिना राईको युगल स्वरमा गीत ‘माया गाँठो पर्ला ‘मा उत्तम जंग लिम्बुको शब्द, संगीत र सन्जीव सुब्बाको एरेन्ज रहेको गीतको भिडियोलाई गायक कमल श्रेष्ठको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
रविन बिस्ट र एन्जिला बानियाको दमदार अभिनय रहेको भिडियोमा नरेन मोक्तानको छायाँकन प्रदीप बस्नेतको सम्पादन र दिन्सन शाहको कलर ग्रेडिंग रहेको छ । ‘माया गाँठो पर्ला ‘को भिडियोलाई युवा निर्देशक देवजंग थापाको निर्देशन गरेका हुन् । कोरोन कहर बीच पनि मेहनतगरी म्युजिक भिडियो सार्वजनिक गरिएको ले माया गरिदिन सम्पूर्ण दर्शक श्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन् ।

 

Comment here