कला साहित्यमनोरञ्जन

‘याद’मा सुदीप र समिक्षाको जोडी ( भिडियो )

काठमाडौं । गायक कमल खत्रीको स्वरमा रहेको ‘याद’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा गीतकार सुदीप लम्सालको शब्द र स्वयम कमल खत्रीको संगीत रहेको गीतलाई रिकेश गुरुङ किजले संगीत संयोजन गरेका हुन्। श्रीमानले आफ्नी दिवंगत पत्नीको यादमा गाएको कथा समेटिएको म्युजिक भिडियोमा गीतकार सुदीप लम्साल र समिक्षा पोखरेलको मनछुने अभिनय देख्न सकिन्छ। पवन सुस्लिङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई गीतकार लम्सालले नै निर्देशन गरेका हुन् । आस्था मिडियाको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।
यसघि आफ्नो पहिलो डेब्यु गीत ‘पहिलो माया’ मार्फत चर्चा कमाएका गीतकार लम्सालले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन् सम्पूर्ण दर्शक, स्रोतालाइ आग्रह गरेका छन्।

 

Comment here