कला साहित्यमनोरञ्जन

चर्चित गायक गायिकाको स्वरमा आयो गीती संग्रह ‘फगत’ ( अडियो जुकबक्स सहित )

अंग्रेजी नयाँ बर्षको अवसर पारेर गीतकार डा.अनुप श्रीवास्तवले आफनो पहिलो एकल गीती संग्रह ‘फगत’ सार्वजनिक गर्नु भएको छ। संगीत निर्देशक सरोज यादवको एकल संगीत र राहुल प्रधानको एकल संगीत संयोजन रहेको गीती एल्बम ‘फगत’ मा चर्चित गायक गायिकाहरुको स्वरमा ७ वटा गीतहरु समाबेश गरिएका छन ।
बुढासुब्बा म्युजिकको युट्युब च्यानलबाट रिलिज गरिएको ‘फगत’ मा चर्चित गायकहरु रामकृष्ण ढकाल , स्वरुपराज आचार्य ,सविन राई, सन्तोष लामा ,को साथै प्रदिप घिमिरे र अमन प्रधान अनि चर्चित गायिका मिलन नेवारको आवाजमा ७ वटा गीतहरु समाबेश छन ।
कृषी र पशुबिज्ञ गीतकार डा.अनुप श्रीवास्तव लामो समयदेखि अमेरिकाको जर्जिया राज्यको एटलान्टा निवासी हुनुहुन्छ भने संगीत निर्देशक सरोज यादव पनि अमेरिका नै बसेर नेपाली संगीतको क्रियसनमा सक्रिय हुनुहुन्छ।

फगत गीती संग्रहका सम्पूर्ण गीतहरु तलको लिंकमा थिचेर सुन्न सकिन्छ

 

Comment here