कला साहित्यमनोरञ्जन

नाट्यश्वर म्युजिक अवार्डमा रमेश उत्कृस्ट आधुनिक गीतकार

दोस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७७ मा गीतकार रमेश दहालले उत्कृष्ट आधुनिक गीतकारको अवार्ड हात पारेका छन् । माघ २५ गते आईतबार नुवाकोटको बिदुर नगरपालिका १ स्थित होटल यांग्राको शभाहलमा सम्पन्न उनलाई ‘पूर्वको बादल’ बोलको गीतका लागि यो अवार्ड प्रदान गरिएको हो l
पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्रि अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड कार्यक्रममा उत्कृस्ट आधुनिक गीतकारको अवार्डको लागि गीतकार होमनाथ न्यौपाने, हिमाम्सु रायमाझी, प्रतिमा गुरुङ, बीबी थापा र रमेश दहालका गीतहरु नोमिनेसनमा परेका थिए । करिब २०० जना दर्शकको उपस्थितिमा सम्पन्न सो अवार्ड कार्यक्रममा नेपाली गीत-सङ्गीतका क्षेत्रमा लामो समयदेखि योगदान दिएका संगीतकार राजु सिंहलाई दिर्घ साधना सम्मान प्रदान गरिएको थियो l अवार्ड कर्यक्रममा भोला पौडेलले रमेशकै शब्दमा बनेको अर्को गीत ‘ए झन्डा’ पनि उत्कृस्ट ध्वनी सम्पादकको अवार्ड प्राप्त गरेको थियो l रमेशले अवार्ड प्राप्त गरेको ‘पूर्वको बादल’ बोलको गीतमा भानु थापाको सङ्गीत र दीप श्रेष्ठको स्वर सुन्न सकिन्छ भने सङ्गीत संयोजन अमुल कार्कीढलीले गरेका हुन् l
सुन्दरादेबी सन्देशद्वारा आयोजित अवार्डको दोस्रो श्रृङ्खलामा विगत लामो समयदेखि लगातार गीत लेखिरहेका गीतकार रमेशले उत्कृष्ट आधुनिक गीत लेखेर अवार्ड प्राप्त गरेका हुन् । यसै बर्ष रमेशले ‘ ए झन्डा’ बोलको राष्ट्रभावको गीतका लागि सातौ नेसनल क्यापिटल अवार्ड समेत चुमे।

 

Comment here