भिडियोमनोरञ्जन

गरीमा शर्माको “उडायो पछ्यौरी”

काठमाडौँ । चर्चित गायिका अन्जु पन्त र गायक प्रमोद खरेलको स्वरमासजिएको “उडायो पछ्यौरी” बोलको गीत सार्वजनिक भएको छ। गीतको भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठको उत्कृष्ट अभिनय रहेको छ।

गीतमा बाल के न्यौपानेको शब्द संगीत रहेको छ भने पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन् । गीतको भिडियोलाई बिके क्रिएसन युट्युब च्यानलमा मार्फत बजारमा ल्यएको छ। गीतको भिडियो रोमान्टिक पाराको बनेको र प्रेमी प्रेमिकाहरुलाई एकदम मन पर्ने खालको गीतको भिडियो बनेको मोडल सुरज श्रेष्ठले बताए।

सिरेन बरालले निर्देशन गरेको गीतको भिडियोमा सुबोल थापाले नृत्य निर्देशन गरेका हुन् भने दीपक गरीले छायांकन गरेका हुन् गीतको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन्। भिडियोलाई जनता डिजिटल फिल्मसले पोस्ट प्रोडक्सन गरेको छ।

हेर्नुहोस् गीतको भिडियो:

 

Comment here