मनोरञ्जन

अन्लाइन सिङगिङ पम्पितिसन हुने

काठमाडौँ। विश्वमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण अधिकांश उद्योग व्यवसायहरु कतिपय ठप्प छन् भने गीत संगीत क्षेत्र पनि अत्याधिक मात्रमा प्रभाबित भएको छ। भौतिक रुपमा सँगै रहेर पनि गीत संगीत श्रीजना गर्न नपाएपनी अन्लाइन मार्फत गीत संगीतको बिस्तार गर्न सकिने भएको छ।

एचपी इन्टरटेनमेन्टको इन्टरनेशनल नेपाली अन्लाइन सिङगिङ कम्पिटिसन हुने भएको छ। यही मे १५ बाट अन्लाइन सिङगिङ प्रतियोगीता सुरु हुने कार्यक्रम आयोजक एचपी इन्टरटेनमेन्टले जानकारी गरेको छ। संगीत सँग आबद्ध रहनु हुने सबै नेपाली भासी ब्याक्तित्वहरुले यो कार्यक्रममा सहभागी जनाउन सकिने छ। यस कार्यक्रम बाट उत्कृष्ट पहिलो हुनु हुने गायक गायिकाहरुलाई एउटा एक्कल एल्बम २ वटा नेपाली चलचित्रमा गीत गाउँने अवसर र आकर्सक पुरस्कार प्रदान गरिने छ । त्यसै गरी दोस्रो हुने प्रतियोगी लाई ३ वटा गीत रेकर्डिङ र आकर्सण पुरस्कार प्रदान गर्ने जानकारी शाहीत इन्टरनेशनल नेपाली अन्लाइन सिङगिङ प्रतियोगिता हुने जानकारी आयोजकले दिएका छन्।

कार्यक्रममा प्रतियोगिले घरबाटै गाएर एचपी इन्टरटेनमेन्टको इमेल आइडीमा पठाउनु पर्ने छ। सुरुको चरणमा म्युजिक ट्र्याक बिना नै एक स्थाइ एक अन्तरा गाएर पठाउनु पर्ने छ। उक्त चरण बाट छानिएको प्रतियोगिले दोस्रो पटक आफुले गाउँने गीतको बोल सहित कार्यक्रम आयोजक एचपी इन्टरटेनमेन्टलाई जानकारी गराउनु पर्ने छ। myvoicenepal@gmail.com मार्फत आफ्नो प्रस्तुती पठाउन सकिने छ। कार्यक्रममा सहभागी हुनुहुने प्रतियोगीहरुको निर्णय कार्यक्रमको निर्णयकहरुकै फाइनल निर्णय हुने छ । कार्यक्रममा लोक प्रिय संगीतकार बिकास चौधरी संगीतकार सुमन राइ र गीतकार हरी उप्रेती निर्णयाकको रुपमा रहनु हुने छ। कार्यक्रम एचपी इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत प्रसारण हुने छ।

हेर्नुहोस् भिडियो:

 

Comment here