flash newsजीवन शैलीफिचरसमाचारस्वास्थ्य

रोगको प्रमुख कारण दवाई,औषधी र मेडिसिन : लेखक द्वय डाक्टर पूर्ण शाही तथा मनता राई

रोगको प्रमुख कारण दवाई/औषधि/मेडिसिन

पृथ्वी मानव लगायत करोडौं अन्य प्राणीहरुको पनि साझा वासस्थान हो l समस्त प्राणी प्रकृतिको काखमा नै खेल्छन् l मानव बाहेक अन्य  प्राणीहरु प्रकृतिको नियमबिपरीत  जाँदैनन् र बाँचुञ्जेल निरोगी रहन्छन् l उनीहरुको अस्पताल, डाक्टर र औषधी केही हुन्न l यसको ठीक उल्टो मानिसको अस्पताल छन्, डाक्टर छन्  र औषधी उपचार पनि गराइरहन्छन् तर निको नभएर झन् बिरामी भइरहन्छन। प्रकृतिबाट जति टाढा भइन्छ त्यति नै रोग निम्त्याउने कार्य बढेर जान्छ, तसर्थ प्रकृतिको साथमा रहनु नै निरोगी हुनु हो । प्रकृतिबाट टाढा रही उनकाे विरुद्ध काम गर्ने मानव मात्र बिरामी हुने रहस्य यही नै हो।वास्तवमा सच्चा डाक्टर भनेको मानिसलाई ओखती र अपरेसन विना बिरामी हुनबाट बचाउनुको साथै स्वस्थ रहनको लागि उचित मार्गदर्शन गर्ने  हो। यसको ठिक विपरीत धेरै दवाई दिने, अपरेसन गराउने, साइड इफेक्ट पारेर झन् बिरामी बनाउने र रोगको डरत्रास देखाएर आजीवन दवाई खाईरहन अभ्यस्त बनाउनेलाई पो ठूलो डाक्टर मानिएको छ l

रोगको उत्पत्ति गलत भोजन, गलत सोच, गलत रहनसहन र गलत कर्मको परिणाम हो। कुनै पनि नयाँ वा पुरानो जस्तोसुकै रोग भएपनि यदि बिरामीले उच्च मनोबलका साथ तेल/चिल्लो पदार्थ, नून, चिनी, आगोमा पकाएको खानाहरु, नशालु पदार्थ, औषधी सेवन बन्द गरेर बिस्तारै मौसमी फल र काँचो खानयोग्य तरकारीको सेवन, रसाहार को सेवन , उपवास गर्यो भने निश्चय पनि थोरै समयमा बिरामीको स्वास्थ्य सुधार हुन्छ। यदि धैर्य गर्दै अगाडि बढे पूर्णरुपमा स्वस्थ भइहाल्छ।

लेखक द्वय

डाक्टर पूर्ण शाही प्राकृतिक चिकित्सक, योग थेरापिस्ट, ऊर्जा थेरापिस्ट को साथै लाफ्टर योग को सर्टिफाइड टिचर मनता राई आध्यात्मिक काउन्सिलर तथा ऊर्जा थेरापिस्ट

हाम्रा वास्तविक डाक्टर हरु : प्रकृतिप्रदत्त चिजवस्तु यी हुन्, जस्को कुनै दस्तुर तिर्नु पर्दैन l जस्तै;(१) सूर्यको प्रकाश, (२) शुद्ध हावा, (३) शुद्ध जल, (४) प्राकृतिक भोजन, (५) उपवास, (६) व्यायाम तथा बिश्राम, (७) प्रयाप्त निद्रा, (८) शुभ चिन्तन् र (९) प्रार्थना आदी । प्रकृतिप्रदत्त चिजवस्तु यी हुन् “जस्को को कुनै दस्तुर तिर्नु पर्दैन”

१. जति धेरै दवाईको उपयोग गरिन्छ त्यति नै धेरै दु:ख पाइन्छ र उपचारको नाममा धनसम्पत्ति पनि सकिन्छ l

२. समय परिवर्तनशील छ जुन हाम्रो वसमा नभएकोले प्रकृतितिर फर्किनुपर्छ l अस्पताल, दवाई, डाक्टर र रोग परिवर्तन हुन्छन तर, प्रकृतिको आफ्नै सिद्धान्त भएकोले मानव  शरीरलाई नियन्त्रण गरेर राख्ने संयन्त्र हुन्छ त्यो कहिल्यै पनि परिवर्तन हुँदैन। सृष्टि कालदेखि मानव शरीर चुस्त-दुरुस्त,स्वस्थ र बलियो बनाएर राखेको थियो ,फेरि पनि त्यस्तै तन्दुरुस्त राख्न सक्छ भन्ने अनन्त प्रमाणहरू अध्ययन गरेका छौं।

३. दवाईको काम दबाएर राख्ने हो, यो चक्र बिरामीको प्राणको अंतिम दबाई (बिदाई) नगरेसम्म चलिराख्छ । यदि यस्तै किसिमले दवाईको चक्करमा फसी रह्यौं भने दुर्बलता, निराशा वा अकाल मृत्युबाहेक अरु केही प्राप्त हुन् सक्दैन। स्वास्थ्य दवाईबाट मिल्ने भए कोही पनि डाक्टर, केमिस्ट या उनका परिवारका सदस्यहरू कहिल्यै बिरामी हुने थिएनन् । यदि स्वास्थ्य किनेर मिल्ने भए संसारमा  धनवान व्यक्ति कहिल्यै रोगी हुने थिएनन्।स्वस्थ शरीर ईन्जेक्शन, यन्त्र, अस्पतालका विशाल भवनहरु या डाक्टरको डिग्रिबाट मिल्दैन परन्तु स्वास्थ्यको नियम पालन गर्ने र संयमको जीवन जीउनाले मात्र मिल्ने गर्दछ।

यदि त्यसो हुने भए त शक्तिशाली रास्ट्र अमेरिका जसले संसार माथि कब्जा जमाएकाे छ।संसारका उत्कृष्ट डाक्टर/अस्पताल/औषधीको साथै सम्पूर्ण सुखसुविधा,धनदौलत पनि अमेरिकामै छ , उनीहरू सदैव तन्दुरुस्त र निरोगी हुनुपर्ने होइन र !!! तर, त्यहाँ बार्षिक करिब ६ लाख ६० हजार मानिसहरुको मृत्यू मुटुको रोगबाट हुने गर्दछ, करिब ६ लाख  मानिसको मृत्यु क्यान्सरबाट हुने गर्दछ भने करिब ४ लाख ४० हजार मानिसहरुको मृत्यू त दवाई र अस्पतालको कारणले मात्र हुने गर्दछ। जसको निमित्त अमेरिकाका कानुनविदहरु अस्पताल र दवाईबाट हुने मानव हत्याको बिरुद्ध सदनबाट

कडा कानुन  पास गराउन कैयौं बर्षदेखि संघर्षरत छन्।

दवाईको व्यर्थता सम्बन्धमा विभिन्न अध्येताको निष्कर्ष के कस्ता छन् त्यस विषयमा केही भनाई वा भोगाई यस्ता छन्-

१. हिप्पोक्रेट्स, ईशा पूर्व (४६०-३७५), औषधी विज्ञानको पिताको रुपमा सम्मानित महान ग्रिक डाक्टर: ‘यदि तपाई आफैँ आफ्नो डाक्टर हुनुहुन्न भने, तपाई एक मूर्ख हुनुहुन्छ।‘

२. प्रो. डाक्टर एलोंजो क्लार्क, एम.डी ई सं १८०७-१८८७, अमेरिका ‘सबै औषधी विष हुन, औषधीको एउटा सानो मात्राले पनि हाम्रो जीवनी शक्तिलाई ह्रास गर्दछ।‘

३. डा. ओलीवर होम्स, एम.डी, ई.सं.१८०९-१८९४, अमेरिकन फिजिसियन:

‘यदि समस्त औषधीलाई समुद्रमा फालिदियो भने त्यो मानवताको लागि लाभकारी होला तर, बिचरा समुद्री जीव माछाको लागि अवश्य बिनाशकारी हुन्छ। दवाई प्रारम्भमा जति लाभकारी किन नदेखियोस् त्यसको अन्तिम परिणाम हानिकारक नै हुन्छ ।‘

४. डाक्टर आर टि ट्राल, एम.डी, ई सं १८१२-१८७७, अमेरिका:

‘चाहे मलाई संसारमा रोग निको पार्नको लागि अन्य कुनै साधन उपलब्ध नहुन सक्ला फेरि पनि म आफ्नो हातले औषधी दिनबाट भने आफुलाई बचाई राख्नेछु किनभने कसैको भलाइ गर्न नसके पनि यस्तो हानिकारक औषधी सेवन गराएर कसैको नोक्सान गराउनबाट आफूलाई अवश्य रोक्नेछु।‘

५. सर विलियम आसलर, एम.डी., ई.सं.१८४९-१९१९, लंडन (प्रोफेसर ऑक्सफोर्ड युनिवर्सिटी):

‘सबैभन्दा ठूलो डाक्टर त्यही हो जो औषधीको  निरर्थकतालाई बुझ्न सक्छ।‘

६. डा. हैनरी लिण्डल्हार एम.डी, ई.सं. १८६२-१९२४ अमेरिका :

‘मनुष्यको जानकारीमा जति पनि तीव्र विष छन् ती सबै ऐलोपेथिक औषधीमा पाईन्छन्।‘

७. डा. लक्ष्मी नारायण चौधरी (रिटायर्ड सिभिल सर्जन, जबलपुर, भारत) :

“दवाईले धेरै ठूलो लाभ हुन्छ भन्ने सोचेर मैले चिकित्सकको जीवन शुरू गरें तर, दवाईहरुले ठूलो हानी पुर्याउँछ, यो मेरो जीवनको अनुभवको निस्कर्ष हो । मैले मामुली दवाईदेखि लिएर महंगो दवाईसमेत उपयोग गरेर हेरिसकेको छु, यिनीहरू बेकार मात्र होइनन् हानिकारक साथै नोक्सानदेह पनि छन् । वास्तवमा डाक्टरको कर्तव्य भनेको मानिसलाई बिरामी हुनबाट बचाउनुको साथै स्वस्थ रहनको लागि मार्गदर्शन गर्नु हो।‘

८.महात्मा गाँधी, ई.सं १८६९-१९४८:

‘शरीरमा अनेक दवाई ठोसेर मनुष्य आफ्नो जिन्दगी घटाउँछ। यति मात्र होइन आफ्नो मनमा अधिकार पनि गुमाएर बस्छन्। यसबाट उसले आफ्नो मनुष्यत्व पनि गुमाउँछ र शरीरको स्वामी बनिराख्नुको सट्टा उसको गुलाम बनिराख्छ।‘

दवाईको गुलामी कहिले सम्म :

दिनप्रतिदिन नयाँ-नयाँ औषधीको आविष्कार भइरहेको छ,तर रोगहरु घट्नुको सट्टा दिनानुदिन झन बढ़ीरहेको छ। रोगहरु नियन्त्रण गर्ने बहानामा जसो-जसो डाक्टर एवं अस्पताल वृद्धि गरिदै लगिन्छ त्यस्तै-त्यस्तै रोगहरु पनि वृद्धि गराउदै लगिन्छ । हरेक वर्ष रोगविरुद्ध दवाई खाँदा-खाँदा मानिसको अकाल मृत्यू भइरहेको घटनाले मानव जातीलाई स्वस्थ भन्दा पनि अस्वस्थ बनाउने धन्दा चलाएको तथ्य सिद्ध हुन्छ । खोप/भ्याक्सिन/इन्जेक्शनको कारण कैयौंले आफ्नो आँखाको दृष्टि गुमाएका छन्, पक्षघातको शिकार भएका छन्, श्वेत कुष्ट (ल्यूकोडर्मा) र अटिज्म (मानसिक कमजोरी) को शिकार भएका छन् । विषालु/ नशालु औषधीको उपयोगले मानिसमा बहिरोपन, पागलपन, मिर्गी, जोर्नीको दुखाई, स्नायु-दुर्बलता, मानसिक रोगी, कब्ज, ब्लड-प्रेशर, ब्लड-क्यान्सर (ल्यूकेमिया), डाइबेटिज, मृगौला एवं हृदय रोगका शिकार भएका छन्।

बिग फर्मा कम्पनी, मेडिकल माफिया, व्यापारी, राजनितिज्ञ, अभिनेता/अभिनेत्री, समाचारपत्र एवं रेडियो, टेलिभिजन, सामाजिक सन्चार माध्यम पैसा कमाउने लालचमा झूठा आश्वासन फैलाउने विज्ञापन गरिरहेका हुन्छन् l यिनले रोग रोक्नुको सट्टा झनै बढाइरहेका छन्। बिग्रेको स्वास्थ्य सुधार्ने लालचमा विषालु वा नशालु औषधी र इन्जेक्शनद्वारा शरीरमा झन् बिकार थपिँदै जान्छ। के जीवन शक्ति दुर्बल बनाएर सदाको लागि रोगग्रस्त भइरहने हो त ?

यसको सिधा उत्तर विषालु/नशालु औषधीले मस्तिष्कलाई दुर्बल बनाई   बाहिरी लक्षणहरु दबाएर केवल अस्थाई लाभ मात्र प्राप्त गराउँदछ । यसरी दवाईले रोगको लक्षणलाई दबाएर कालान्तरमा दवाईमा हुने अखाद्य वस्तुले अर्को नयाँ रोग जन्माउँछ।त्यो जन्मेको नयाँ रोगलाई दबाउनको लागी फेरि दोश्रो दवाई लिन्छ,फेरि नयाँ रोग ,थप दवाई… यही क्रम जारी रहन्छ।त्यसरी रोगीमा एक पछि अर्को समस्या देखिनु आधुनिक चिकित्सा/मानव निर्मित रासायनिक औषधि/फर्मास्युटिकललाई फाईदा हो। तसर्थ तिनीहरू सदैव हामीलाई बिरामी बनाएर आफ्नो औषधी अनवरतरूपमा बिक्री गराउन चाहन्छन्। यदि हामी स्वस्थ/निरोगी/तन्दुरुस्त भयौँ भने यो एलोपेथिक प्रणाली नै धराशायी भएर व्यवसाय समाप्त हुनेछ। एकचोटि राम्रोसँग यो मेडिकल माफिया बुझ्यौं भने हामीलाई सबै कुरा प्रस्ट हुनेछ, र हामी आफ्नो शरीरमा रुचि राख्न थाल्नेछौं।हाम्रो  शरीरमा स्वस्थ राख्ने अद्भुत संयन्त्र जन्मसिद्ध जडान गरिदिएको छ भन्ने ज्ञानको कमीले आफ्नो स्वास्थ्य डाक्टरको हातमा सुम्पिरहेका छौं। अब हामी आफैँ आफ्नो डाक्टर बन्नको लागि समय आइसकेको छ, जसले सशक्त, निडर, सत्यवादी, सरल र बुद्धिमान बनाउने छ र सदैब निरोगी/तन्दुरुस्त राख्नेछ। तसर्थ, औषधी उद्योगले कहिल्यै पनि बिरामी निकाे गर्दैन, बरु उल्टै दिनानुदिन बिरामी बनाएर ग्राहक बढाउने काम मात्र गरेको छ।

चिकित्सा विज्ञानमा एम.डी गरेका, हाँस्य योगका संस्थापक, विश्वविख्यात डाक्टर मदन कटारियाले चिकित्सा विज्ञानमा रोग ठिक गर्नुको साटो रोग बढाउने काम देखेपछि फेरि मानिसहरुलाई निरोगी/तन्दुरुस्त कसरी बनाउन सकिन्छ भन्ने खोजी गर्दा हाँसो भन्दा ठूलो कुनै दवाई नै छैन भन्ने कुरा पत्ता लगाएपछी आफ्नो डाक्टरी पेशा छोडेर अनवरत रूपमा विगत २६ बर्षदेखि हाँस्ययोगको प्रचार प्रसार, तालिम र अनुसन्धानमा लागी मानव सेवा गरेका कारण उनलाई नोबेल पुरस्कारको समेत सिफारिस गरिएको थियो।

प्रयोगशाला कि प्रकृति:

शरीरलाई हामी आफैँ निदान गरेर हेरौँ जब हामी सुत्छौं, प्रदूषित खाना, नल पानी, भ्याक्सिन, मदिरा, सुर्तिजन्य  पदार्थ, विषाक्त खाना,केही भारी धातुहरू पारा, एल्युमुनियम, सिसा वा आर्सेनिक जस्ता विनाशकारी प्रभावहरूको साथ जम्मा हुन्छन्। प्राकृतिक कार्यले यी थप प्रदूषक शरीरबाट निष्काशन गर्न सक्दैन तब हाम्रो जीवनशक्तिबाट यसको प्रतिरोध हराउँछ।तत्पश्चात शरीरले प्रतिक्रिया देखाउँछ टाउको दुख्ने, खोकी, दम, एलर्जी, अनिद्रा, सुस्तता र जटिलता, ढिलो पाचन, थकान, कमजोरी, पानी जम्ने, तौल बढ्ने, आदि इत्यादि।

चिकित्सा विज्ञानका वैदिक चिन्तक सुश्रुतले “सम दोष समाग्निश्च सम धातु मल क्रियाः l प्रसन्न आत्मेन्द्रिय मन स्वस्थ इत्यभिधीयते ll” अर्थात वायू पित्त, कफ, अग्नि पाचन प्रणाली, रस आदि सात धातु स्थिर छ र मलमुत्र क्रिया ठिक छ भने शरीरका सम्पूर्ण प्रक्रिया पनि ठीक हुन्छ। मन इन्द्रीय प्रसन्न छ भने त्यो मानिस स्वस्थ हुन्छ l अझै स्मरण रहोस्, स्वास्थ्यको प्राकृतिक नियम विरुद्ध गएमा प्रकृतिले हामीलाई रोगको रुपमा दण्ड दिन्छिन् l हामीले आफ्नो गल्ती बुझ्न र सुधार्न अति आवश्यक छ। भविष्यमा स्वास्थ्यको नियम पालना गरेर स्वस्थ हुन सावधानी रहनु जरुरी छ। आफ्नो रोगको कारण स्वयं पत्ता लगाई,जरैबाट उखेलेर नफालेसम्म शरीरको कल्याण हुनै सक्दैन। दवाइमाथिको पराधीनता एवं रोगहरुको पीड़ाबाट सदाको लागी मुक्ति पाउन दृढ़ संकल्प, साधना तथा स्वास्थ्य रक्षाको ज्ञान लिनुअनिवार्य छ।  स्वास्थ्यकी देवी प्रकृतिको शरणमा जानाले एवं प्राकृतिक नियम अनुसरण गर्नाले हामीहरु सदा स्वस्थ रहन्छौं। प्राकृतिक एवं सात्विक आहार सेवन गर्यौं, निर्मल स्वच्छ जल पियौं र शुद्ध वायूमा श्वास लिने गर्यौँ भने शरीरबाट सम्पूर्ण विकार बाहिर निस्किन्छ अनि तुरुन्त स्वस्थ भइहाल्छौं। दैनिक खाने-पिउने र श्वासप्रश्वासद्वारा जे पनि शरीर भित्र प्रवेश गराउँदछौं र तिनीहरूको केही भाग पचेर शक्ति प्रदान गर्दछ भने शेष  मल-मूत्र, पसिना, सिँगान, खकार, कानेगुजी, नाक, कान, छाला, मुखद्वारा निस्कासित हुन्छ। खाना बढी भए अधिक मात्रामा विकार उत्पन्न भई दैनिक निष्कासन पश्चात् पनि केही मल शरीरमा रहन्छ जसले गर्दा  उष्णता वा गर्मी गराउँछ अनि शरीरभित्रै सड़ने गर्दछ। शरीरको जुन जुन अंगमा  विकारको प्रभाव पर्छ त्यस त्यस अंगमा रोग उत्पन्न हुन्छ र अंग अनुसार भिन्न-भिन्न प्रकारको लक्षणहरू देखा पर्दछ। त्यै फरक फरक लक्षणहरु देखा पर्नुको जड़ नै मल (विकार) रहनु हो।त्यस्ता मल पदार्थ रगतमा मिल्नासाथ  ज्वरो, हृदय रोग वा चर्म रोग आदि ,आँत/आन्द्रामा जम्मा हुँदा कब्ज, गैस, पखाला, आँव, मुसा आउने, पाईल्स,  फिस्टुलाको समस्या, हर्नियाँ एवं एपेंडिसाईटिस आदिको पीड़ाहरु हुन्छन् भने मस्तिष्कमा प्रभाव पर्दा  शीर दुखाई, अनिद्रा, मिर्गी वा पागलपन; मृगौलामा गन्दकी जम्मा हुँदा मल – मूत्र त्यागमा कठिनाई, जलन, पथरी जस्ता; फोक्सोमा विकार जम्मा हुनाले सर्दी, खाँसी, दम, फोक्सो सुन्निने, निमोनिया/क्षयरोग (टि बि) एवं क्यान्सर आदि रोग हुन जान्छन्।

डाक्टरहरु एउटै मल पदार्थबाट उत्पन्न भिन्न-भिन्न लक्षणको  अलग-अलग रोगको नाम दिएर कैयौं प्रकारको औषधी खुवाई लक्षणहरु दबाएर सफलता हासिल गरेको जिकीर गर्छन् ।समस्याको  मूल कारण विकारलाई शरीरबाट निकालेर रोगीलाई स्थाईरुपमा स्वास्थ्य लाभ दिन भने सक्दैनन्। शरीरको कुनै पनि अंगमा जस्तोसुकै पीड़ा किन नहोस्, आममानिस अथवा डाक्टरले रोगको नाम जेसुकै राखुन परन्तु प्राकृतिक उपायबाट पूरै शरीरको भित्री र बाहिरी शुद्धिद्वारा मललाई बाहिर निकाली स्थाई स्वस्थ बनाउनुपर्दछ l यसरी शारीरिक अस्वस्थतामा शरीरमा जम्मा भएको बिकारमाथि थप नयाँ फोहोर जम्मा गर्ने काम बन्द गर्दै पुरानो एकत्रित मललाई सफा गरेर स्वास्थ्य प्राप्त गर्ने पद्धतिलाई नै प्राकृतिक चिकित्सा भनिन्छ। प्राकृतिक चिकित्सामा जुन मललाई विजातीय द्रव्य/बिकार/रोगी पदार्थ/फोहर भन्दछन् , पश्चिमा डाक्टर टाक्सीमियाँ/म्यूकस भन्दछन्, आयुर्वेदमा यसलाई तीन दोषहरुको रुपमा वाथ, पित्त र कफ भनिन्छ।  यूनानी हकीम –‘विकारी पदार्थलाई खिलतें एवं मादा-फासद भन्दछन्।‘

“एक मात्र रोगका कारण, तन मन भरी बुराई, सर्वश्रेष्ठ उपचार जगत में, जड़ से करें सफाई।”

हाम्रो डाक्टर हामी भित्र नै हुन्छ :

धर्म शास्त्र एवं सन्त महात्मा भन्ने गर्छन् कि आनन्द हामीभित्र नै लुकेको हुन्छ तथा संसारमा सबै दु:खको मूल कारण अज्ञान हो। प्राकृतिक चिकित्साको सिद्धान्तमा शरीरभित्र उपस्थित जीवन-शक्तिद्वारा स्वास्थ्य प्राप्त हुन्छ र स्वास्थ्य सम्बन्धी नियमहरूको अज्ञानताले बाहिर भड्किनु पर्छ।

स्वस्थ शरीरको मुख्य आधार भनेको एउटा “शक्ति” हो, जसलाई धार्मिक भाषामा ‘आत्मा’, अंग्रेजीमा ‘लाईफ फोर्स’, डाक्टरी भाषामा ‘वाइटलिटी’ या ईम्यूनिटी, यूनानी चीन-तिब्बतमा ‘कि/चि’ र प्राकृतिक चिकित्सामा ‘जीवन-शक्ति’ भनिन्छ। यदि जीवन-शक्ति ठीक छ भने हामी रोगमुक्त रहन सक्छौं, दुर्बल भए रोगहरुको आक्रमण हुन्छ। जीवन-शक्ति  रहेन भने मृत्यु नै हुन्छ।

जीवन शक्तिको तीन प्रमुख कार्य:

(1) भोजन र वायूमण्डलबाट पौष्टिक तत्वहरुलाई लिएर शरीरको पोषण एवं विकास गर्ने।

(2) शरीरको भित्रैबाट विजातीय द्रव्य/मल लाई बाहिर निकालेर शुद्ध राख्ने।

(3) प्रत्येक शारीरिक अंग ठीक राख्ने र आवश्यक परेमा तिनीहरुको मर्मत  गर्ने।

यसरी चिकित्साको नाममा मानवमाथि औषधीको परिक्षण (यसको सबै शाखाहरूमा मेडिसिन/भ्याक्सिनको अभ्यास सिद्धान्त र अभ्यास दुबै हो) गरिन्छ, जुन आधुनिक जीवनमा कमजोरी, रोग, अध: पतन र मृत्युको सबभन्दा ठूलो कारण हो। यो स्वास्थ्य र शक्तिमा एक मात्र प्रभावी अवरोध हो। औषधी ( मेडिसिन/दवाई) लाइ या यसको सबै रूपहरूबाट रद्द गर्यौ भने मानव जीवनको आयू एक दशकमा औसत १० बर्ष बढ्नेछ।

 

Comment here