फिचरभिडियोमनोरञ्जन

स्विस गायक क्लाउडियो र निर्देशक राजिवको चुनौती, १२ घण्टामा यस्तो बन्यो गीत

फुल बुट्टे सारी सपक्क पारी पछ्यौरी मलमलको, यो गीत बच्चा,जवान अनि बृद्ध सबैको मुखमा गुनगुनिने गरेको छ। हुन पनि धेरै जनाको आवाजमा यो गीत बनिसकेको छ, जति जनाको आवाजमा गाइए पनि सबै गीत उत्तिकै चलेको छ। राजन राज शिवाकोटीको शब्द/ संगीत रहेको यो गीतमा सुरुमा गायक मार्मिक लामाले स्वर भरेका हुन् त्यस पछि गायिका मिलन नेवाको स्वरमा यो गीत फिमेल भर्सन मा निस्कियो, त्यसको लगत्तै बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको आवाजमा यो गीत उत्तिकै गुञ्जियो। तत्पश्चात अफ्रिकन गायिका बियोन्सिले यसलाई कभर गीत को रुपमा बजारमा ल्याए। सबैको गायकी बाट उत्तिकै चर्चामा आएको यो गीत अहिले फेरी स्विजरल्याण्डका नागरिक क्लाउडियो पेरुकिनीले कभर गीतको रुपमा स्वर भरेका छन्। क्लाउडियो बिगत ४० बर्ष देखि नेपालमा पर्यटकको रुपमा आउने जाने गर्दछन,धेरै जसो बसाइ उनको स्विजरल्याण्डमा भन्दा पनि नेपालमा हुने गर्दछ। लामो समयको नेपाल बसाइको कारण उनि नेपाली भाषा एकदम राम्रो बोल्न सक्दछ। अझ भनौ नेपाली भाषा र गीत संगीतको उनले राम्रो अध्ययन गरेका छन्। यस अघि पनि दर्जनौ नेपाली गीत उनले गाइसकेका छन्। जुन सुकै गीत पनि गाउन सक्ने खुबी भएका क्लाउडियो महा नायक राजेश हमाल संग राम्रो मित्रता रहेको बताउछन। नेपालमा सबैले उनलाई झिल्के भनेर बोलाउने गर्दछ।

भर्खर बजारमा आएको उनको कभर गीत “फुल बुट्टे सारी ” क्लाउडियोले सुनेको १२ घन्टामा रेकर्ड गरिएको थियो। क्लाउडियो भन्छन “मेरो साथी राजिवले मलाई यो गीत १२ घण्टामा तपाइले तयार गर्नु पर्छ भने पछि मैले १२ घण्टा मै तयार गरे अनि २४ घण्टा भित्र भिडियो खिचियो। मैले चुनौतीको रुपमा यो कामलाई गरेर देखाए, आशा छ सबैले माया गरि दिनु हुन्छ।” निर्देशक राजिव बलामी र क्लाउडियोको सहकार्यमा यो गीत तयार भएको हो। भिडियोलाइ निर्देशक राजिवले नै छायांकन अनि सम्पादन गरेका हुन्। लक् डाउनका कारण भिडियोलाई होटेल नेपालयको छतमा नै छायांकन सकिए पनि भिडियो राम्रो बनेको छ। स्विस गायक क्लाउडियो पेरुकिनिले गीत सुनेको १२ घन्टामा गीत तयार गरेर आफ्नो चुनौती त पुरा गरे तर नेपाली दर्शकको मन जित्ने हुन् या होइनन त्यो भने हेर्न बाकी नै छ। सम्पुर्ण युनिटलाई बधाई अनि सफलताको शुभकामना।

 

Comment here