कला साहित्यमनोरञ्जन

दर्शकको रोजाइमा अनु शाह र सन्जय लामा अभिनित ‘फुलै फुल्यो’ ( भिडियो )

नौलो डिजिटलको प्रस्तुतिमा सृष्टि तामाङको नयाँ म्युजिक भिडियो ‘फुलै फुल्यो’ सार्वजनिक गरिएको छ । बिक्रम थापा र प्रमिला पुनको आवाज रहेको उक्त गीतको भिडियोमा अनु शाह र सन्जय लामाको अभिनय रहेको छ । धेरै समय पछी अनु शहलाई हामीले यस गीतमा अभिनय गरेको देख्न सक्छौ । नयाँ पुस्ता त्यसमाथी टिकटकले गर्दा पुराना कलाकार बिस्तारै बिस्थापित हुदै गर्दा अनु शाहलाई पुनः फर्किएको देख्न सकिने निर्देशक राजु श्रेष्ठ भन्छन् । त्यसै गरि बालकलाकार जिग्मे तामाङ र अलेक्स तामाङको पनि अभिनय देख्न सकिन्छ । बिक्रम थापाकै संगीत रहेको उक्त गीतमा गणेश सुबेदीको शब्द अनि सन्दीप कार्कीको संगीत संयोजन सुन्न सकिन्छ । मायाको कुनै उमेर नहुने र माया प्रेम अजम्बरी हुने भन्ने सन्देश देखाउन सफल भएका छन् यस गीतमा निर्देशक राजु श्रेष्ठ । मुकेश हुमागाईको छायांकन , विजय राज भुर्तेलको सम्पादन रहेको भिडियोमा अबि वाग्लेको नृत्य निर्देशन र कविता तोलङीको मेकअप रहेको छ । निक्कै राम्रो बनेको यो म्युजिक भिडियोलाई रिलिज संगै दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

 

Comment here