कला साहित्यमनोरञ्जन

नौलो डिजिटल मार्फत आयो जीवन बिश्वकर्माको गीत ‘भर परी’ सार्वजनिक ( भिडियो )

बजारमा अहिले नयाँ नयाँ म्युजिक भिडियो आउने क्रम जारी छ र यो साता पनि एउटा नयाँ म्युजिक भिडियो ‘नौलो डिजिटल ‘ मार्फत बजारमा आएको छ। जीवन बिश्वकर्माको स्वर, शब्द रहेको ‘भर परी’बोलको गीतमा तुलशी गौतमको मिठो संगीत सुन्न सकिन्छ । माया प्रेम अनि शंकाले सम्बन्धमा आउने तगारोलाई निकै भावुक ढंगले देखाउन सफल भएका छन् यस गीतका निर्देशक राजेन्द्र बि.सी. । भिडियोमा आरोही चौलागाईं, जलज चुडाल, बसन्त खतिवडा तथा बाल कलाकार अनुश्का मगरको अभिनय देख्न सकिन्छ भने छायांकन रहेको छ रन्धिर श्रेष्ठको। अनि सम्पादनको काम गरेका छन् बिजय राज भुर्तेलले। निक्कै राम्रो बनेको यो म्युजिक भिडियोको निर्माता हुन् जयन्द्र चुडाल ।

 

Comment here