कला साहित्यमनोरञ्जन

लोकको ‘बेरुवाको औंठी’मा प्रकाश र आँचलको रोमान्स ( भिडियो )

काठमाडौं । गायिका मेलिना राई र अमेरिकाको ओहायो निवासी गायक लोक पौडेलको युगल गायनमा आधारित प्रेमिल शैलीको ‘बेरुवाको औंठी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोक फ्लेवरको गीतमा दिपक शर्माको शब्द, संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन गरेका हुन्। गायन संगै अभिनय मार्फत दर्शक श्रोताको मन जित्त्दै आएका गायक प्रकाश सपुत र चर्चित नायिका आँचल शर्माको वेजोड अभिनय भिडियोमा देख्न सकिन्छ।

अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको छ। बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो। मिरा मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

 

Comment here