कला साहित्यमनोरञ्जन

रिलिज संगै लोकप्रिय हुदै रानीको दशैँ गीत ‘सरर’ ( भिडियो )

पछिल्लो समय गीत गायनमा निकै सक्रियता साथ लागिरहेकी गायिका रानी शाक्यले दशैँ, तिहार गीत ‘सरर’ सार्वजनिक गरेकी छिन । गीतकार राजेश शाक्यको शब्द रचना र कल्याण सिंहको संगीत रहेको गीतको भिडियोमा लोकप्रिय नायिका पुजा शर्मा र नायक पुष्प खड्काको साथमा बालकलाकार नेरिश्का स्थापितको अभिनय रहेको छ ।
ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी ,विजयराज भुर्तेलको सम्पादन र देव धिमालको निर्देशन रहेको भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) आइतबार सार्वजनिक गरिएको हो । हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन । आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन ।

 

Comment here