कला साहित्यमनोरञ्जन

बिबेक आचार्यले ‘ज्यानको बाजी’ सार्वजनिक ( भिडियो )

गायक बिबेक आचार्यको ‘ज्यानको बाजी’ बोलको गीत सार्बजनिक भएको छ। गीतलाई महान चाड दशैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर सार्बजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत कृष्ण कुमार खड्काको रहेको छ भने संगीत संयोजन दिपक बिश्वकर्माको रहेको छ।
गीतको भिडियोमा गायक बिबेक संगै शिखा घिमिरे साथै बाल कलाकार रितेश पौडेल र शान्भी आचार्यको अभिनय रहेको छ। सुरज कपालीले निर्देशन गरेको उक्त गितको भिडियोलाइ राज पोखरेलले खिचेका हुन् भने सम्पादन शिलन लम्सालको रहेको छ।
यसअघि २ बटा गीत बजारमा ल्याइसकेका गायक बिबेक पेशाले बैंकर हुन्। लोक पप शैलीको यस गीतलाइ दर्शक तथा श्रोता ले मन पराउने आशा गायक बिबेकले गरेका छन्। गीतलाइ उनको आफ्नै यु टुब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

 

Comment here