मनोरञ्जन

सुधा मरहठाको शब्दमा हिन्दी गीत मेरे ईश दिल पे’ ( भिडियो )

अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत ‘मेरे इश दिलपे’ गीतको भिडियो सार्वजनिक भएको छ । केशब भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको आवाज रहेको छ भने गायिका स्वयमले आर्यन सिग्देल संग स्कृन सेयर गरेकी छिन । सशान कंडेलको निर्देशनमा तयार भएको भिडियोले रिलिज संगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। भारतिय केटी र आवारा नेपाली केटाको लभस्टोरीमा तयार पारिएको भिडियो एक्दमै उत्कृष्ट बनेको छ । सुधा मरहठाको शब्द तथा महेश ज्ञवालीको संगीतमा तयार भएको यो गीतमा बिकाश दाहालको सम्पादन तथा बुद्ध थापाको छायांकन रहेको छ । देव केसी ,मोहितोश रोय, अमन लोप्चनको पनि गेस्ट रोल रहेको भिडियोलाइ टंक बुढाथोकी अफिसियल च्यानलबाट रिलिज गरिएको छ।

 

Comment here