कला साहित्यमनोरञ्जन

प्रतिभाशाली गायिका पासाङ ल्हामु शेर्पाको ‘टारी खेत’ सार्वजनिक ( भिडियो )

काठमाडौं । संगीतमा आफ्नो भविष्य खोज्दै १ दशक देखि नेपाली गीत संगीतमा सक्रिय गायिका पासाङ ल्हामु शेर्पाको पहिलो आधिकारिक म्युजिक भिडियो ‘टारी खेत’ सार्वजनिक भएको छ। शास्त्रीय संगीतकि विद्यार्थी समेत रहेकी गायिका शेर्पाले यस अघि ६/७ वटा जति गीतहरुमा आफ्नो स्वर दिइसकेकी छिन्। यस पटक गायिका शेर्पाले लोकप्रिय गायक राजेश पायल राई संगको युगल गायनमा उक्त म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।
शान्तिराम राईको शब्द, संगीत रहेको गीतलाई आगा लामाले संगीत संयोजन गरेका हुन्। दशैँ तिहारको कोशेली स्वरूप प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक पुष्प खड्का र एलिशा राई मुख्य भुमिकामा फिचर्ड छन्। साथमा भिडियोमा सुरेश कोहली,आरोही चापागाई,प्रताब मगर,कुसुम केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

 

Comment here