कला साहित्यमनोरञ्जन

‘तिमीमा छ के’मा भन्दै आए कर्ण वीर ( भिडियो )

काठमाडौं – उदयमान गीतकार रिमा श्रेष्ठको शब्दमा रहेको ‘तिमीमा छ के’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक कर्णवीरको स्वर रहेको उक्त गीत बजारमा आउनै लागेको गीति एल्बम ‘एकलौटी मायामा’ संग्रहित गीत हो। यस गीतलाई येदीन गजमेरले संगीतवद्द गरेका हुन्। गीतमा धिरज श्रेष्ठको संगीत संयोजन रहेको छ।
युवा युवतीबीचको प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीतमा स्वयंम गायक कर्ण वीर र आरजु खरेल फिचर्ड छन्। राजेन्द्र विसीले कोरियोग्राफी गरेको भिडियोलाई रंधिर श्रेष्ठको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। कुशल गुरुङ निर्माता रहेको यस डिजिटल’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
पेसाले आईटीमा रहेकी गीतकार श्रेष्ठको सानै उमेर देखी गीत-संगीतमा लगाव थियो। केही महिना अगाडी उनको पहिलो गीति एल्वम ‘अधुरो सपना’ को भव्य चर्चा संगै फुटकर गीतहरु सार्वजनिक गरिसकेकी श्रेष्ठ निरन्तर गीत सिर्जना र भिडियो निर्माणमा सक्रिय छिन्। यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन श्रेष्ठले सबैलाई आग्रह गरेकी छिन्।

 

Comment here