कला साहित्यमनोरञ्जन

लोकप्रिय सर्जंक रोशन बान्तवाको नयाँ गीत ‘मलाई नै हो कि’ सार्वजनिक ( भिडियो )

दर्जनौ हिट गीतहरुमा म्युजिक कम्पोज र एरेन्ज गरेका संगीतकार रोशन बान्तवा राईको शब्दरचना, संगीत र संगीत संयोजन रहेको गीत ‘मलाई नै हो कि’ सार्वजनिक भएको छ। गायिका सिमु चामलिंग राईको सुमधुर स्वर रहेको गीत ‘मलाई नै हो कि’ लाइ रिङ्ग स्टुडियो एकान्तकुनामा रेकर्ड गरिएको हो ।अहिले स्टुडियो भर्जनमा सार्वजनिक गरिएको गीतलाई सर्जंक रोशन बान्तवा राईको युट्युब च्यानल रोशन राई अफिसियल ( Roshan Rai Official ) बाट रिलिज गरिएको हो ।
जन्तरे मामा भनेर चर्चित बनेका अमित राइको पहिलो गीत ‘फूलैफूलको’गीतको समेत संगीत संयोजन पनि रोशन बान्तवा राईले नै गर्नु भएको थियो यस लगायत उनले धेरै पप , आधुनिक र चलचित्रका गीतहरुको म्युजिक कम्पोज र एरेन्ज गरिसक्नु भएको छ ।

 

Comment here