स्वास्थ्य

गर्भवस्थामा यी पौष्टिक आहारको कमी भएमा गर्भखेर जान्छ बच्चा

गर्भवस्थामा एक विशेष अवस्था हो । यस्तो अवस्थामा महिलाले आफ्नो स्वस्थ्य प्रति विशेष रुपमा ध्यान दिनुपर्छ । विशेषगरी गर्भवस्थाको पहिलो चरणमा (तीन महिना) एक निकै सावधानी
अपनाउनु पर्दछ । यसबेलामा खाना खान मन नलाग्ने, वाकवाकी लाग्ने, शरीर कमजोर हुने लगायतका समस्या देखापर्दछन् भने गर्भवस्थाको दौरानमा शरीर निकै परिवर्तनको समय कटाउनको गाहे हुन्छ । गर्भवस्थामा के खाने, के नखाने भन्ने कुरा निकै महत्वपूर्ण कुरा हो ।

कस्ता खानेकुरा सेवन गर्ने भन्ने बारेमा जानकारी हुन नसक्दा गर्भखेर जाने कारणले आज हामी गर्भवस्थामा कस्ता खानेकुरा महिलाको लागी कस्ता पोषकतत्व जरुरी छ भन्ने बारेमा बताउँदैछौं ।

१. सागसब्जी र फलफुल
गर्ववस्थाको समयमा विभिन्न अन्यबेलाको तुलनामा सागसब्जी र फलफूल शरीरलाई बढिनै आवश्यक पर्दछ । सागसब्जी खादाँ रुटिग बनाएर दैनिक रुपमा परिवर्तन गरेर भोजनमा सामेल गर्नुहोस् । यस्तो अवस्थामा लौका, पालकको साग, बन्दागोबी, लगायतका सब्जी पनि लिन सकिन्छ । भन्टा, मेवा, गुडले ताप पैदा गराउने कारणले यस्ता खानेकुरा सेवन गर्दा डाक्टरको सल्लाह लिनुपर्दछ ।

मैदाबाट बनेका खानेकुराले शरीरमा पानीको मात्रा कम गराउने कारणले शरीरमा ग्यास बढाउछ । त्यसैले ब्रेड, पिज्जा आदि खानेकुराबाट टाढा रहनुहोस् । फलफुलमा केरा, कालो अंगुर, खान सकिन्छ, भने खजुर, काजु खाएमा शरीरलाई फाइदा गर्दछ ।

२.भिटामिन र मिनरल्स
गर्भवस्थामा सन्तुलित भोजनको निकै जरुरी छ । भोजनलाई सन्तुलित बनाउनका लागी सम्पूर्ण भिटामिन र खनिजले सघाउँछ । गर्भवती महिलालाई दैनिक डाइटमा समृद्ध ३ आइरन र भरपुर भोजन चाहिन्छ जसबाट २५ मिनीग्राम आइरन प्राप्त हुन्छ, यस बाहेक १ हजार देखि १४ सय मिलीग्राम क्याल्सीयमको आवश्यकता पर्दछ । जुन दुध, मक्खन, पनिर लगायतबाट पाउन सकिन्छ ।

३.भिटामिन ‘ए’
गर्भवस्थामाको दौरानमा भिटामिन ‘ए’को निकै आवश्यकता पर्दछ । भिटामिन ‘ए’युक्त खानेकुरामा गाजर, शखरखण्ड, आरु , सागसब्जी र फलफुल लगायतका खानेुकुरा पर्दछन् । हालको अध्ययन अनुसार भिटामिन ‘ए’ को कमीले गर्भखेर जाने सम्भावना अधिक हुन्छ भने कुपोषण सिकार पनि हुन्छ ।

४.भिटामिन ‘सी’
गर्भवर्ती महिलाको लागी भिटामिन ‘सी’पनि निकै आवश्यक पर्दछ । ७० मिलीग्राम भिटामिन ‘सी’गर्भवर्ती महिलाको लागी दैनिक रुपमा अतिआवश्यक पर्दछ । यसको लागी प्रतिदिन भोजनमा गोबी, हरियो खुसार्नी, सुन्तला, अंगुर, स्टोबेरी सामेल गर्नुपर्दछ ।

गर्भवस्थामा के नखाने त ?

१.फ्रिजमा राखिएको खानेकुरा नखाने ।

२.बासी खानेकुरा नखाने ।

३.कोल्ड ड्रिंक, धुम्रपान र मद्यपानबाट टाढा रहेर चिकेन ,मटन, एक्कोहल, पान मसला, मैदाबाट बनेको खानेकुरा आदि बाट टाढा रहने ।

४.चिया र कफी लिमिट मात्रामा मात्र सेवन गर्ने ।

५.पच्न भारी हुने खानेकुरा नखाने ।

७.तेज मसलाबाट बनेको भोजन नगर्ने ।

Comment here