अन्तर्वार्ताअर्थ/बजारभिडियो

काठमाडौमा अच्चमको रेसुरष्ट माटोकै भाडामा सबै थोक (भिडियो )

सञ्चालक बिवश काफ्लेले आजभन्दा करिब एक वर्ष अघि पूर्वी तराईको भक्का राजधानी भित्र्याएर यो होटेल रेस्टुरेन्टको व्यवसायमा हाल हालेका हुन । पूर्वी तराईका झापा, मोरङ तथा सुनसरी लगायत जिल्लाको भक्का निक्कै लोकप्रिय र ऐतिहासिक परिकार हो । जुन परिकारलाई विवशले व्यवसायिक रूपमा काठमाडौँ भित्र्याए र कलिलै उमेरमा नामी व्यवसायीका लागि समेत सफलताको गतिलो उदाहरण प्रस्तुत गरे । व्यावसायिक सफलता मात्र हैन हाम्रो खाद्य संस्कृतिमा समेत विवशले एउटा नयाँ गोरेटो सिर्जना गरे । पूर्वी तराईको भक्काको स्वादलाई केही परिष्कृत गर्दै राजधानीबासीका सामु पस्किएका बिवशले एक वर्षको अन्तराल मै आफ्नो व्यावसायिक यात्राको तीव्रतालाई बानेश्वरमा मट्या हाउसका रूपमा विस्तार गरेका छन् ।
बट्टाई, हास, चित्रा, अष्ट्रिच लगायत विभिन्न चरा चुरुंगीका परिकार उपलब्ध गराउने उद्देश्यका साथ मट्या हाउसले काम गरिरहेको छ । त्यस बाहेक माछाका परिकारहरू, कुखुराका परिकार, खसीका परिकार, फुल्का, विशेष प्रकारको रोटी , यस्तै परिकार पोलेको, भुटेको र साधेको परिकार नै उनीहरुले ग्राहक समक्ष पस्किने छन् ।
मट्या हाउस आउँदा ग्राहक तथा सेवाग्राहीले कम्तीमा पनि आधा घण्टा समय लिएर आउनु पर्ने हुन्छ । किन भने छुट्टै किसिमले कम तापक्रममा भुङ्ग्रोमा पकाइने हुँदा अन्य किसिमका खानालाई भन्दा केही समय बढि समय लाग्ने हुन्छ क्ष् त्यसैले ढुक्कले समय निकालेर जाने । त्यो समय फलदायी हुन्छ भन्ने कुरामा पनि ढुक्क हुन् सकिन्छ भन्ने विश्वास मट्या हाउसले दिलाउँछ ।

मट्या हाउसले केवल खानाका परिकार मात्र पस्किएको छैन ।यसको सजावट र शृङ्गार का निम्ति कोरिएको मिथिला चित्र, परालले छाएको सानो कोठासँगै झुण्डिएका मकै, पूर्वी तराईमा प्रयोग हुने मकैको खोस्टाबाट बनाइएका पिरा ,चकटी, वेदका कुर्सी आदिले यसको आकर्षण उत्कृष्ट बनाएको छ । सँगै पूर्वी तराई तथा मिथिला क्षेत्रका मानिषसँग भावनात्मक सम्बन्ध समेत बलियो बनाउने छ क्ष् स्वादमा मात्र हैन यहाँका खाना स्वास्थ्यका हिसाबले पनि आगोको भुङ्ग्रोमा पकाइएको खानामा कोलिष्ट्रोलको मात्र शून्य जस्तै हुने हुँदा निकै स्वास्थ्य वर्दक मान्न सकिन्छ ।

Comment here