अन्तर्वार्ताभिडियोराजनीति

हामी सचेत नागरिक जुरुक्कै उठ्नु पर्छ (भिडियो )

‘एनसेलले लाभ करबापत तिर्नु पर्ने सम्पूर्ण रकम नतिरेसम्म एनसेलको सिम प्रयोग नगारौ । एनसेल सरकारी संरक्षणमा कर छलि गर्ने प्रपन्च गरिरहेको छ । सो को विरोध गरौं । मैले आजैदेखि एनसेलको सिम प्रयोग गर्न छोडेको छु । मलाई सम्पर्क गर्न चाहाने सम्पूर्ण मित्रजनहरुले ९८५११०३८३६ मा सम्पर्क गर्नुहुन् अनुरोध गर्दर्छु’–वरिष्ठ अधिवक्ता एवं भ्रष्टाचार विरुद्धको अभियान्ता सुरेन्द्र भण्डारीले आफ्नो फेसबुकमा पोष्ट गरेका छन् । उनले विगतमा प्रयोग गर्दै आएको एनसेल नम्बर ९८०३५००८३६ स्वीच अफ गरिएको छ ।

सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई पूँजीगत लाभ कर तिर्न आदेश दिएपनि कर तिर्न आनाकानी गरिरहेको छ । कर तिर्न ढिलाई गरेपछि दबाबमूलक कार्यक्रम शुरु भएको छ । सामाजिक सञ्जालहरुमा समेत एनसेल विरुद्धका अभिव्यक्ति सार्वजनिक भइरहेका छन् ।

एनसेलले राज्यलाई कर नबुझाएको भन्दै एनसेलको सिमकार्ड बहिष्कार अभियानले सामाजिक सञ्जालमा निकै धेरै स्थान पाएको छ । एनसेललाई कर नतिर्ने बाताबरण बनाउन सक्रिय भएकाहरुलाई बहिष्कार गर्नु पर्ने भनाइहरू पनि उत्तिकै छन् ।
उनै वरिष्ठ अधिवक्ता एवं भ्रष्टाचार विरुद्धको अभियान्ता सुरेन्द्र भण्डारीसगँ गरिएको यो बिशेष भिडियो अन्र्तवार्ता

Comment here