भिडियोमनोरञ्जन

आयो बिरेन्द्र श्रेष्ठको लटर पटर (भिडियो )

डि पि खनालको शब्द, रमेश श्रेष्ठ मेलोडिको सङ्गीत, नरेन्द्र बियोगिको शब्द सम्योजन तथा मिक्सिङ, ई बीरेन्द्र श्रेष्ठको स्वर बद्ध गीत मा पुर्बका उदाउदा मिउजिक भिडिओ निर्देशक मिलन बिश्वकर्मा को निर्देशन र फिदिमलाइ अत्यन्तै माया गर्ने डेभिड श्रेष्ठको छायांकन मा निकै राम्रो मिउजिक भिडिओ लटर पटर नया कुरो युट्युब चेनल बाट प्रदर्शनमा गयेको छ !प्रकृतिको अनुपम उपहार पाचथरको शान साधुटार, फिदिम बजारमा र लालिखर्क , होटेल मानस्वी मा छाँयाकन गरियेको यश मिउजिक भिडिओ पुर्ण प्राकृतिक र ताप्लेजुङको कुम्भकर्ण हिमालको दृश्य साथै हिमाल को छाँया सुन्दर साधुटारमा पर्दा को सुन्दरतालाइ सुन्दरी लुना मगरको पुर्ण बखान निर्देशक मिलनले गराउन सफल भयेका छन! मोडेल लुना र विशाल रशाईली को राम्रो प्रश्तुती वोकेको मिउजिक भिडिओ नया कुरो चेनल को एक लाख सब्स्क्राईब पुगेको उपलक्ष्यमा अप्लोड गरेको छ !

Comment here